• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

पत्याएनन् सर्वसाधारणले सरकारको शान्ति सुरक्षा

  • खबरदाता

पत्याएनन् सर्वसाधारणले सरकारको शान्ति सुरक्षा

माघ २२, २०७७
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले निरकुशता लाद्न खोजेको भन्दै उसको कडा विरोध गर्दै आएको नेकपा दाहाल नेपाल (दाने) समूहले आज देशव्यापी आमहड्ताल गरिरहेकोछ । बुधवार सरकारले सवैधानिक निकायहरुमा गरेको नियुक्तीको विरोधमा आजको आमहड्ताल हिजो अवेर दाने समूहले पेरिसडाँडामा पत्रकार सम्मेलन गरी घोषणा गरेको थियो ।

सो समूहले बन्दको घोषणा गरेको दुई घण्टा नवित्तै गृहमन्त्रालयले सूचना जारी गर्यो । सूचनामा गृहले सर्वसाधारण लगायत सवैले आफ्नो दैनिक चलाइरहन अनुरोध गर्दै त्यसको पूर्ण रुपमा सुरक्षाको ग्यारेन्टी लिने भनेको थियो । लाग्थ्यो गृहको सो सूचनाका आधारमा आज देश सदाझँै निरन्तर चलिरहनेछ । आफ्नो पेशा व्यवसाय निरन्तर चलाइरहन र त्यसको सुरक्षा सरकारले दिने प्रष्ट सूचनामा उल्लेख थियो । कतिसम्म भने जसले पसल बन्द गर्न दबाब दिन्छ सोही व्यक्तिलाई पक्राउ गरी कारवाही गर्नेसम्मको चेतावनी दिँदै सूचना जारी गरिएको थियो ।

तर अहिले चितवन लगायत देश पूर्ण रुपमा ठप्प रहेको छ । चितवनमा विहानै देखि बन्दकर्ताहरु सडकमा र हरेक क्षेत्रका चोकचोकमा निस्किएका छन् । झण्डा र प्ले कार्ड सहित निस्किएका उनीहरुलाई प्रशासनले पक्रने त परै जाओस सुरक्षा प्रदान गरिरहेको आभास पाइन्छ । नारायणगढको पुल्चोकमा विहानैदेखि वन्दकर्ताहरु नारावाजीमा छन् ।

वन्दकर्ताको दोव्वर समूहमा सुरक्षाकर्मी तैनाथ छन् ।तर तीनै तैनाथ रहेका सुरक्षाकर्मी नजिक रहेका पसलहरुमा ठूलो ताल्चा लगाइएको छ। अझ तीनै वन्दकर्ताको आगडिबाट नेपाली सेनाको बख्तरबन्द गाडी समेत गुडीरहेका छन् । तर पनि दैनिकी र व्यवसाय संचालन गर्नेहरु आफ्नो सटरमा साँचो लगाएर त्रासपूर्ण वातावरणमा रमिता हेर्न वाध्य छन् ।

उनीहरुले सरकारले भनेझैँ सुरक्षा प्रदान गर्न नसकेको गुनासो गरेका छन् । वन्दकर्ताहरु ठूलो समूहमा मोटरसाइकलमा र्यालीझैँ गरी पोखरा वसपार्क, आँपटारी, विशाल चोक, बसपार्क चोक, चौविस कोठी हुँदै चक्कर मार्दै आँशिक खुलेका पसल तथा सडकमा गुडेका अटो ट्याम्पुहरुलाइ बन्द गर्न दबाब दिइरहेका छन् ।

कागज मार्फत जनतालाई सुरक्षाको प्रत्याभूति देखाएर आश्वस्त पार्न खोजेको प्रशासनले भने न उनीहरुलाई सडकबाट हटाएको छ न बन्द नगर भन्न सकेको छ । मालवाहक ट्रक संचालनमा आएपनि नारायणी पुल र गैँडाकोट क्षेत्रमा रोकिएका छन् ।

व्यवसायीहरुले विहान व्यवासाय संचालन गर्ने मनशाय बनाएपनि सुरक्षा निकायले आफूहरु प्रति खासै चासो नदिएको र पसल व्यवसाय संचालन गर्न नसकिएको गुनासो गरेका छन् ।

  • प्रकाशित मिति : माघ २२, २०७७, बिहीवार ०६:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८