म्यानमाको संकटमा राष्ट्र संघको चासो

  • खवरदाता
  • माघ २२, २०७७

माघ २२, २०७७

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेजले म्यानमामा भएको सैनिक अभ्यासको विरुद्धमा सबै सबै संसार एक जुट हुनु पर्ने विचार व्यक्त गरेका छन् । म्यानमामा नोभेम्बरमा भएको निर्वाचनलाई असहमति जनाउँदै गरिएको यो कार्य अस्वीकार भएको गुटिरेजले बताएका छन् । गुटिरेजले सामूहिक वक्तव्यको प्रयास गरिरहँदा चीनले सेनाको विरुद्धमा नरहने सङ्केत देखाइसकेको छ ।

म्यानमा प्रहरीले आङ साङ सुकीको १५ फेब्रुअरीसम्म हिरासतको म्याद राखेको छ । सुकी र गिरफ्तारीमा परेको राष्ट्रपति बिन मियान्टको अहिले कसैसँग सम्पर्क भएको छैन । सुकीको नेतृत्वमा रहेको नेसनल लिग फर डेमोक्रेसी(एनएलडी)को जितलाई अवैध ठहर गर्नका लागि सेनाले एक वर्ष लामो सङ्कटकाल समेत लगाएको छ ।

राष्ट्रसङ्घीय महासचिवले यो कदम अस्वीकार भएको मात्र बताएका छैनन्, सुरक्षा परिषद्ले तत्काल कदम चाल्नु पर्नेमा उनले जोड दिए । पश्चिमका देशहरू म्यानमाको विषयमा एकमत रहे पनि चिन मौन रहे पछि सुरक्षा परिषद्ले कुनै निर्णय गर्न सकेको छैन । चिन सुरक्षा परिषद्मा भिटो पावर प्रयोग गर्न पाउने पाँच मध्यको एक देश हो । तिले म्यानमाको सेनाको कारण आफ्नो देशको सीमा सुरक्षालाई समेत सहयोग पुगेका कारण त्यहाँको आन्तरिक मामलामा हस्तक्षेप गर्न नहुने जनाउँदै आएको छ । रुस र चीनले त्यहाँका अल्पसङ्ख्यक रोहींंग्य मुसलमानको बारे लिइएको नीतिमा पनि असहमति जनाउँदै आएका थिए ।

सुकी माथि म्यानमाको प्रचलित आयात निर्यात कानुन भन्दा बाहिर रहेको तथा गैर कानुनी सूचना संयन्त्रको प्रयोग गरेको आरोप लगाइएको छ । राष्ट्रपति माथि कोभिड महामारीको समयमा २२० वटा मोटरको प्रयोग गरेर राष्ट्रिय डिजास्टर म्यानेजमेन्ट लको विरुद्धमा चलेको आरोप लगाइएको छ ।
गएका दुई दिन सेनाको यो कदमका विरुद्धमा केही गतिविधि पनि भएका छन् । यांगुनमा जम्मा भएको ट्याक्सी चालकले हर्न बजाएर यो कदमको विरोध गरेका थिए । ठुला सहरहरूमा लगातार प्रहरीले गस्ती गरिरहेको छ भने रात्रि कालीन समयमा कर्फ्यु पनि लगाइएको छ ।

अस्पतालहरूमा पनि विरोध सुरु भएको छ । केही स्वास्थ्यकर्मीले काम रोकेका छन् भने कसैले साङ्केतिक रूपमा विरोध जनाउँदै काम गरिरहेका छन् । कतिले तीन औला उठाएर विरोध गरिरहेका छन् ।

  • खवरदाता
  • प्रकाशित मिति:माघ २२, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८