दाने समूहको बन्दले चितवन ठप्प, जनतालाई सास्ती

  • खवरदाता
  • माघ २२, २०७७

माघ २२, २०७७

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल (दाने) समूहले आब्हान गरेको आम हडतालका कारण चितवन लगायत देशभरको जनजिवन प्रभावित भएको छ । चितवनको चौविसकोठी, हाकिमचोक, बसर्पाक, लायन्सचोक लगायत नारायणगढ बजार पुर्ण रुपमा ठप्प भएको छ ।

साथै पुर्वी चितवनको टाँडी, पर्सा, भण्डारा साथै पश्चिम चितवनमापनि बन्दको प्रभाव परेको देखिन्छ । विहानी समयमा सञ्चालनहुने विद्यालय तथा कलेजहरु बन्द रहेका छन् । सडकमा अत्यावस्यक दुध, फलफुल, एम्बुलेन्स र छिटफुट मोटर साईकल बाहेक अरु केहि चलेका छैनन् ।

नारायणगढको पुल्चोकमा नेकपा दाने समूहका कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको छ । पुल्चोकमा पश्चिमबाट आउने सवारी साधनको चाप देख्न सकिन्छ । अप्रिय कुनै घट्ना नहोस भनेर सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । अहिले बन्दकर्ता र प्रहरीको समन्वयमा पुल्चोक र नारायणी पुलमाथी रहेका सवारी साधनका यात्रुलाई केहि सहज होस भनेर उक्त सवारी साधनलाई पोखरा बसर्पाक र न्युरोड क्षेत्रमा पठाईएको छ ।

ओली सरकारको असम्बैधानिक कदम र हिजो मात्र कानून विपरित सम्बैधानिक परिषद्मा गरिएको नियूत्तीलाई सोझै सपथ गरिएको विरोधमा आज देशभर आम हडताल आब्हान गरेको थियो ।

उसले हिजो पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनगरि बिहीवार देशभर आमहड्तालको घोषणा गरेको थियो । उक्त समूहले भनेको छ,“सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेकोछ । साथै पौष ५ गते भएको संविधानको कू विरुद्धमा पनि यो आमहड्ताल हो ।”
अकस्मात रुपमा घोषणा गरिएको बन्दले व्यापारी, सर्व साधरण तथा लामो दुरीको यात्रामा निस्केकाहरुले सास्ती खेपिरहेका छन् ।

चितवनमा विहान सबेरै भतेरी जंगलमा २ वटा ट्रकको सिसा फुटाईएको चितवन प्रहरीका प्रवक्ता सुर्य थापाले बताएका छन् । सो वाहेक अन्य स्थानमा कुनै घट्ना भएको जानकारी नआएको जनाईएको छ । देशका विभिन्न स्थानबाट केहि बन्दकर्तालाई प्रहरीले गिरफ््तार गरिएको समाचार आएपनि चितवनमा भने अहिले सम्म कसैलाई गिरफ्तार नगरिएको थापाले बताए ।

  • खवरदाता
  • प्रकाशित मिति:माघ २२, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८