• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

आज कोरोना संक्रमणबाट एकजनाको मृत्यु


आज कोरोना संक्रमणबाट एकजनाको मृत्यु

माघ–२१, २०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज २०६ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६७ हजार ०६५ रहेको छ । यो ९८.४ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ३५९७ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।

चितवनमा आज ८ जनामा संक्रमण देखियो भने काठमाडौं उपत्यकामा ५५ जना संक्रमित थपिए । देशमा थप १ जनाले ज्यान गुमाउँदा कुल संख्या २ हजार ३१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २ हजार ३३५ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ९५ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा ६१ र भेन्टिलेटरमा १७ जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने भोजपुर,कालीकोट ,रुकुम पश्चिम र मुगु जिल्लामा कोरोना शुन्य रहेको छ ।

  • प्रकाशित मिति : माघ २१, २०७७, बुधवार ११:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८