• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

दाने समूहले भन्यो: बिहीवार नेपाल बन्द

  • खबरदाता

दाने समूहले भन्यो: बिहीवार नेपाल बन्द

माघ २१, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल नेपाल (दाने) समूहले भोलि नेपाल बन्दको आह्वान गरेको छ । आज पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उक्त पार्टीले भोलि बिहीवार देशभर आमहड्तालको घोषणा गरेको हो । उसले भनेको छ,“सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेकोछ । साथै पौष ५ गते भएको संविधानको कू विरुद्धमा पनि यो आमहड्ताल हो ।”

पत्रकार सम्मेलनमा नेतृ पम्फा भुसालले यसअघि प्रतिनिधि सभा विघटन विरुद्धको जारी तेस्रो चरणको संघर्षका कार्यक्रमलाई परिमार्जित गर्दै आम हड्ताल घोषणा गरिएको बताइन् । प्रचण्ड माधव पक्षले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक अंगमा पदाधिकारीहरुलाई सपथ खुवाईएकोमा सो पक्षले भत्र्सना गरेको छ ।

त्यस्तै प्रतिगमनलाई असफल पार्न जुनसुकै कदम चाल्न आवश्यक रहेकाले सवैलाई सहयोग गर्न आग्रह पनि गरिएको छ । आम हड्तालमा बजार, शिक्षण संस्था, यातायात लगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने सो पक्षले जनाएको छ ।

त्यसका लागि आजै साँझ मसाल जुलुस निकालिने पत्रकार सम्मेलनमा नेतृ भुषालले जानकारी दिइन् । कार्यक्रममा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले मुलुक अहिले गम्भीर संकटमा रहेको बताउँदै आफूहरुको आन्दोलनमा साथ दिन आग्रह गरे ।

  • प्रकाशित मिति : माघ २१, २०७७, बुधवार ०९:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८