माघ २१, २०७७
चितवन । जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामना वडानम्वर ४ का वडाअध्यक्ष होमबहादुर राना मगरको निधन भएको छ । ३८ बर्षको उमेरमा उनको उपचारको क्रममा दिल्लीमा गएराति निधन भएको हो ।
लामो समयदेखि अस्वस्थ रहेका वडाध्यक्ष मगरको उपचारकै क्रममा नयाँदिल्ली स्थित मेदान्त अस्पतालमा निधन भएको हो । उनको जण्डिस विग्रीएर लिभरमा समस्या रहेको थियो । वडाअध्यक्षको शवलाई भारतबाट नेपाल ल्याइदैछ ।
वडाध्यक्षको निधन भएपछि गाउँपालिकाको आकस्मिक बैठक बसिरहेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् । अहिलेसम्म इच्छाकामना गाउँपालिकाका २ जना जनप्रतिनिधिको निधन भएको छ । यस अघि गाउँपालिकाको वडा नं. २ को वडासदस्य खिर बहादुर चेपाङको निधन भएको थियो ।
नेपाली कांग्रेसबाट उम्मेदवार रहेका मगरको असमायिक निधनले मर्माहत बनाएको भन्दै काँग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले समबेदना प्रकट गर्दै भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८