• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

गैँडाकोट ५ मा ५ कठ्ठामै स्वास्थ्यचौकी

  • खबरदाता

गैँडाकोट ५ मा ५ कठ्ठामै स्वास्थ्यचौकी

माघ २१, २०७७
नवलपुर । पूर्वी नवलपुरको गैँडाकोटमा तीन करोड बढि लागतमा सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण हुने भएको छ ।
गैँडाकोट नगरपालिका वडानम्वर ५ स्थित नगरपालिका कार्यालय नजिकै रहेको ५ कठ्ठा जमिनमा आवासीय सुविधा सहितको भवन बन्ने भएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई चितवनको भवनतर्फको कुल ३ करोड ३९ लाख ४२ हजार ९४६ रुपैयाको बजेट अनुमान गरिएकोमा भवन निर्माण गर्न नागार्जुन जे जे आइभी कम्पनीसँग २ करोड ३६ लाख ८५ हजार ५५० रुपैयामा सम्झौता गरिएको छ ।

उक्त कम्पनीले माघको ८ गतेदेखिनै सो भवनको निर्माणकार्य सुरु गरिसकेको छ । कम्पनीले अवको १५ महिनाभित्रमा उक्त भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । उक्त स्वास्थ्यचौकी हातामा गार्डेन, चमेनागृह र उचित पार्किङको सुविधा रहनेछ ।

स्वास्थ्यचौकीको भुइँ तल्लामा स्वास्थ्य सेवाहरु प्रदान गरिने र पहिलो तल्लामा तालिम, कार्यक्रम संचालन गर्नमिल्ने खालका सभाहल सहित आवासीय सुविधा सम्पन्न कोठाहरु निर्माण हुनेछन् ।

भवन निर्माणपछि वर्थिङ सेन्टर संचालन गरिने र एउटा एम्वुलेन्सको पनि व्यवस्था गर्ने बताइएको छ । जनताले सजिलै धेरै प्रकारका स्वास्थ्य सेवा सहजै पाउने गरी आफ्नै नेतृत्वमा सुविधासम्पन्न भवन बनाउन थालिएको वडाअध्यक्ष नवराज कडेँलले बताए । गैँडाकोट नगरपालिकाको दक्षिणतर्फको खाली मैदानको ५ कठ्ठामा उक्त भवन निर्माण भइरहेको कडँेलले बताए ।

  • प्रकाशित मिति : माघ २१, २०७७, बुधवार ०६:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८