माघ–२०, २०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज २५९ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६६ हजार ८५९ जना रहेको छ । यो ९८.३७ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज २ हजार ९४६ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार २८९ पुगेको छ ।
देशमा आज कोरोनाको कारण १ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हाल सम्म भने ज्यान गुमाउँनेको कुल संख्या २ हजार ३० जना पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर २ हजार ४ सय जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ९५ छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८