माध १९,२०७७
म्यानमारकी नेत्री आङ साङ सुकी गिरफ्तार भएकी छिन् । सेना र नागरिक सरकार बिच तनाव बढ्दै गए पछि सेनाले उनलाई गिरफ्तार गरेको हो ।
नोभेम्बरमा सम्पन्न निर्वाचनमा सुकीको नेतृत्वमा रहेको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले पर्याप्त सिटमा जित हात पारे पनि सेनाले धाँधलीको आरोप लगाउँदै आएको थियो ।
सोमबार भर्खरै निर्वाचित तल्लो संसद्को शपथग्रहण कार्यक्रम तय भए पनि सेनाले यसलाई रोक्न भनेको थियो । अहिले राजधानी न्यापित र पूर्व राजधानी यांगुन लगायत प्रमुख सहरमा सेना तैनाथ गरिएका छन् ।
देशमा फोन ,इन्टरनेट लगायतका सञ्चार सुविधाहरू हटाइएका छन् । एक दशक लगाएर बनाइएको संविधान अन्तरगत सेना रहने भए पनि अब बिस्तारै म्यान्मा सैनिक शासनमा गएको अनुमान गरिएको छ । एनएलडीले सुकी र राष्ट्रपति बिन मियान्ट सोमबार बिहानै गिरफ्तार भएको जनाएको छ ।
गत ८ नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले ८३ प्रतिशत मत पाएको थियो । सेनाले यसलाई धाँधली भन्दै सर्वोच्च अदालतमा मुद्दा पनि दायर गरेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८