नेकपाको विवादले आयोगलाइ दल दर्तामा चुनौती

  • खबरदाता
  • माघ १९, २०७७

माघ १९,२०७७

नेकपापामा देखिएको बिबादको अन्त्य नभएकोले दल दर्तामा समस्या हुने भएको छ ।
निर्वाचन प्रक्रिया अघि बढाइ दल दर्ता कार्यक्रम सञ्चालन गर्न नेकपाको आधिकारिकताको विवाद चुनौतीका रुपमा देखापरेको हो । राजनीतिकरुपमा विभाजित नेकपाका दुवै पक्षमध्ये एउटालाई आधिकारिकताको मान्यता नदिएपछि दल दर्ता कार्यक्रम सञ्चालनमा चुनौती थपिएको हो ।

निर्वाचनमा सहभागी हुन चाहने दलहरुले आयोगमा दर्ता गराउनुपर्ने प्रावधान रहेको छ । यहि वैशाख १७ र २७ गते तय गरिएको मध्यावधि निर्वाचनका लागि पनि दल दर्ता गराउनुपर्ने बाध्यता छ आयोगलाई।

तर विघटित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेकपाको आधिकारिकताबारे टुंगो नलाग्नु दल दर्ता कार्यक्रमका लागि चुनौतीका रुपमा देखिएको आयुक्तहरु बताउँछन।

निर्वाचनको तयारीको पहिलो कार्यक्रमअन्तर्गत माघ १५ गते बिहीबारदेखि देशभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन भइरहेको छ ।

सो कार्यक्रम सम्पन्न भएलगतै दल दर्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ ।आयोगले दल दर्ताको अवधि तोके पनि त्यस अवधिमा नेकपा दर्ता भएन भने के गर्ने, अहिले त्यसै भन्न सकिन्न । यसले गर्दा दल दर्ता कार्यक्रम कसरी सञ्चालन गर्ने सोच्नुपर्ने विषय बनेको छ ।

आयोगले दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न शुक्रबार नेकपाका दुवै पक्षलाई बोलाएको थियो । तर अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल र छलफलमा सहभागी हुनभएन । यसले गर्दा पनि अब कसरी अघि बढ्ने भन्ने विषय आयुक्तहरुबीच छलफलकै विषय रहेको आयुक्तहरु बताउँछन ।

प्रचण्ड–माधव पक्षलाई नेकपाको दुवै पक्षसँग गर्न लागिएको छलफल केही दिन पर सार्न आयोगलाई आग्रह गरेको छ भने नेकपा ओली पक्षका नेताहरूले दल दर्ता प्रक्रिया अगाडि बढाउन आयोगलाई आग्रह गरेका छन् । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने ओली पक्षका नेताहरुको भनाइ रहेको छ ।

नेकपा राजनीतिकरुपमा दुइटा पक्ष भए पनि आधिकारिता देऊ भनेर राजनीतिक दलसम्बन्धी ऐन २०७३ दफा ४४ को उपदफा १ अनुसार कुनै पनि गुट नआएको हुनाले आधिकारिकता दिने भन्ने प्रश्न नआएको आयोग बताउँछ ।

आयोगका पदाधिकारी भन्छन ‘दुवै पक्ष राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार अभिलेखीकरण गरिदिनु भनेर आएकाले आयोगले त्यसलाई अस्वीकार मात्र गरेको हो । यदि कुनै पक्ष आधिकारिक हौं भनेर दाबी गर्न आएको अवस्थामा प्रचलित कानुन, विधान र संविधानले के भन्छ भनेर छलफल गरेर आयोग निर्णयमा पुग्नेछौं ।’

अहिले नेकपाकाको एउटा दाहाल नेपाल समुह आफुनै आधिकारिक हो भन्दै सडक आन्दोलनमा छ भने सरकारमा रहेको अर्को ओली पक्ष पनि आफुनै आधिकारिक हओ भनीरहेको छ ।

  • खबरदाता
  • प्रकाशित मिति:माघ १९, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८