• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

पिलोको आँखा निक्लिएको हो, निकालेको होइन : प्रधानमन्त्री ओली


पिलोको आँखा निक्लिएको हो, निकालेको होइन : प्रधानमन्त्री ओली

दाहाल नेपाल समूहलाई भाषणमा अर्कालाई गाली गर्छन् र गफ गर्छन् भनेर प्रधानमन्त्रीले भनिरहदा उनले बोलेका प्रत्येक वाक्याँशमा दर्शकहरु पेट मिचीमिची हासिरहेका थिए ।

केपी शर्मा– माघ १७, २०७७
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकै अर्को समुहलाई पिलोको आँखा निक्लिएको संज्ञादिएका छन् ।

शनिवार चितवनको भरतपुरमा नेकपा ओली समूहद्धारा आयोजित आमसभालाइ सम्वोधन गर्दै ओलीले पार्टी अहिले सम्म सिँङगो र एक ढिक्कानै रहेको उल्लेख गर्दै भने,“पिलोको आँखो आफै निक्लिएको हो, हामीले निचारेको होइन ।”

सरकारले विकास निर्माणका कामहरु गर्दै जाँदा हाम्रै पार्टीका केही साथीहरुको पेट पोल्ने गरेको बताउँदै पार्टीभित्र वीचवीचमा विभिन्न खालका वखेडाहरु निकाल्ने सानो समूह पार्टीबाट निस्किएकोमा नेकपालाई कुनै धक्का नलागेको उनले बताए ।

ओलीले अर्को समूह दाहाल नेपालतर्फ व्यङ्ग्य गर्दै भने,“प्रधानमन्त्री भइसकेका तीन जना हाम्रै साथीहरु बुढेशकालमा लौरो टेक्दै सडकमा कसैको साहारा खोज्दै हिँडिरहेको छन् । यो देख्दा आफूलाई उदेक लाग्नुका साथै वेलावेला त दया समेत लागेर आउँछ । देश र पार्टीको हितका लागि लागेको भए त सहमति जनाउन सकिन्थ्यो नि तर उहाँहरु पार्टी फुटाउन देश दौडाहामा हुनुहुन्छ ।”

प्रत्येक समय बैठक बोलाउन माग गर्ने उनीहरुले प्रधानमन्त्री र सम्मानीत राष्ट्रपति माथि अविश्वासको प्रस्ताव ल्याउन खोजेकाले संसद विघटन गर्नुपरेको ओलीको भनाई थियो । उनले भने,“अहिले चोइटिएको एक समूहले ओलीले चुनाव गराउन सक्दैन भनिरहेका छन् । तर म यही मञ्चबाट भन्न चाहान्छु सरकारले तोकेको वैशाखको १७ र २७ गते चुनाव भएरै छाड्छ । एक दिन तलमाथि हुनेवाला छैन ।”
अव हुने चुनावमा कसलाई जिताउने भनेर जनतालेनै छान्नुपर्ने उल्लेख गर्दै उनले भने,“विदेशमा गएर नाभि जोडिएकालाई तपाईहरुले जिताउनु हुँदैन। आफ्नै देशमा केही गर्छु भन्नेहरुलाइ जिताउने हो ।”

No description available.

कोभिडको महामारीमा देश केही पछाडी धेकेलिएको उल्लेख गर्दै ओलीले त्यस्तो असजिलो परिस्थितीमा पनि सरकार कटिवद्ध भएर जनताप्रति समर्पित भएको बताए । उनले भने,“अहिले विश्वका थोरै मुलुकहरुले मात्रै कोभिडको खोप लगाइरहेको अवस्थामा नेपाल पनि त्यो संख्यामा पर्नुभनेको सरकारको ठूलो वहादुरी हो । तर यस्ता कुरालाई पनि चित्त नवुझाउने साथीहरुले विरोध गर्दै हिँडिरहेका छन् । ”

अबको तीन महिनाभित्रमा सवै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउने यस अघि घोषणा गरेका ओलीले यस पटक भने आफ्नै बोलीलाई सच्चाएका छन् । उनले भने,“फ्रन्टमा काम गर्नेहरुलाई तीन महिनाभित्र खोप दिनेछौँ । साथै बाँकी जनतालाई क्रमशः २०२१ भित्र खोप लगाएर कोभिड–१९ लाई नेपालबाट भगाउँछौं, बाँकी विश्वले पनि भगाउँछ भन्ने विश्वास लिएका छौं ।”

विकास निर्माणमा महानगर सकारात्मक नभएको बताउँदै ओलीले थपे,“हामीले यत्रो पैसा दियौँ, आयोेजना दियौँ निर्माण कार्य सुरु गरिसक्यौँ तर पनि महानगरलाई यस विषयमा चासो नभएको पायौँ । यदि चासो भएको भए यो ड्यासमा महानगर प्रमुख खै ? ”

त्यति मात्रै होइन उनले दर्शकहरुलाई प्रश्न गर्दै भने ,“यहाँबाट संघीय क्षेत्रमा ३ जना सांसद जानुभएको थियो । बादल यही हुनुहुन्छ अन्य दुई जना खोइ ? यही वाट थाहा हुन्छ कि विकास र समृद्धिको पक्षमा को छ भनेर । यदि उहाँहरु जनताको पक्षमा हुनुहुन्थ्यो भने त आज यही ड्यासमा देखिनुहुन्थ्यो नि ।”

उनले आफैले माडी आएर मणि बनाउँछु भनेको प्रसंग स्मरण गर्दै प्रचण्डलाई कटाक्ष गरे,“मणि बनाउँछ होला भनेर मत मागी मागी जिताएको, कुहिएको आलु पो परेछ । खाली अर्काको खुट्टा मात्रै तानिरहन्छ । ”

ओलीले सरकार विकास निर्माणमा अग्रसर रहेको बताए । चितवनको नारायणी नदीमा चाँडै नै सिग्नेचर प्रकृतिको पक्की पुल निर्माण गर्ने उनको भनाई थियो । त्यतिमात्रै होइन अर्को वर्षको रामनवमीमा माडीमा राम र सीताको प्राण प्रतिष्ठान गर्ने समेत दावी गरे।

साथै ओलीले चितवन पहिला ७६ औँ जिल्लाको रुपमा रहेको भन्दै यस जिल्लाको विकास निर्माणमा केन्द्रीय सरकार जहिले पनि जुनसुकै अवस्थामा लागि रहने बताए ।

  • प्रकाशित मिति : माघ १७, २०७७, शनिवार १३:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८