• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

निर्माण सुरु भएको तीन महिनामा प्रधानमन्त्रीले गरे दुई शिलान्यास


निर्माण सुरु भएको तीन महिनामा प्रधानमन्त्रीले गरे दुई शिलान्यास

बजेट आफूले दिए भन्दैमा शिलान्यास पनि आफैले गर्नुपर्छ भन्ने केन्द्रीय सरकारको हठले स्थानीय सरकार र केन्द्रवीचको दूरी बढ्ने देखिन्छ । जानीतिकवीचको खिचातानी र लडाई स्थानीय तहमा भइरहका विकास निर्माणमा देखिनु दुखद पक्ष छ ।

केपी शर्मा–माघ १७, २०७७
चितवन । भरतपुर महानगरपालिकाले गौरवको आयोजना भन्दै सुरु गरेका दुई आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।

भरतपुर महानगरपालिका वडानम्वर १० मा बन्न लागेको सिटी हल र पुल्चोक गोन्द्राङ ६ लेन सडक खण्डको शनिवार उनले शिलान्यास गरेका हुन् । दुवै आयोजनाहरु भरतपुर महानगरपालिकाको पहलमा निर्माण भइरहेका हुन् । द्रुत गतिमा निर्माण कार्य अगाडि बढिरहेको करिव ३ महिनामा ओलीले सो आयोजनाको शिलान्यास गरेका हुन् ।

महानगरपालिकाले तीन वर्ष लगाएर सिटी हल निर्माणका लागि जग्गा व्यवस्थापन गरी केन्द्रीय सरकारबाट समेत बजेट माग गरी सुरु गरेको उक्त सिटी हल शिलान्यासका लागि यसअघि तोकिएका तीन वटा मितिहरु केन्द्र सरकारले अस्विकार गरेको महानगरले जनाएको थियो । यसरी केन्द्रीय सरकारले राजनीतिक प्रतिशोधकै कारण स्थानीय सररकालाई वेवास्ता गर्दैजाने हो भने आउने दिनमा केन्द्र र स्थानीय सरकारप्रतिको कस्तो समझदारी वन्ला ?

भरतपुरमा बन्ने सिटी हल २ हजार जना अट्ने क्षमताको बन्ने छ । सो सिटीहलको कुल क्षेत्रफल ४ विघा ४ कठ्ठा रहेको छ भने त्यसको मुख्य भवनले २२ कठ्ठा जग्गा ओगट्ने शहरी विकास मन्त्रालयले जनाएको छ ।

No description available.
२०७७ साल मंसिर १८ गते सम्झौता भएको उक्त आयोजना २०७९ साल चैत्रको १७ गतेसम्ममा निर्माण सम्पन्न गरी इण्डो सगुन रौताहा जेभिले महानगरलाई हस्तान्तरण गरिसक्नुपर्नेछ । सो आयोजनाको कुल लागत ८७ करोड ८८ लाख ८८ हजार ८ सय ८८ रुपैया ७२ पैसा रहेको छ ।

यस्तै पुल्चोक गोन्द्राङ सडक खण्डलाई ६ लेनको बनाइने छ । २०७७ साल असोज २६ गते सम्झौता भएको उक्त सडक आयोजनाको २०७७ कार्तिक ११ गतेदेखि निर्माण सुरु भइसकेको छ भने २०७९ साल फागुन १० गते निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । ६.०८ किलोमिटरको उक्त सडक विस्तारको जिम्मा इन्डो सगुन जेभी रुपन्देहीले पाएको हो ।

सो आयोजनाको कुल लागत १ अर्ब १२ करोड ४५ लाख ४५ हजार ३४९ रुपैया ७८ पैसा रहेको छ । प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रमको विरोध गर्दै भरतपुर महानगरपालिकाले आफ्नो असहमति जनाइसकेको छ । सो कुरालाई इगित गर्दै प्रधानमन्त्री ओलीले केन्द्रले दिएको बजेटमा केन्द्रले नै शिलान्यास गर्नुपर्ने बताएन । उनले भने,“हामीले रकम दिने, केटाकेटीले शिलान्यास गर्ने ? ”

  • प्रकाशित मिति : माघ १७, २०७७, शनिवार १२:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८