प्रधानमन्त्री आउने विरोधमा चितवनमा टायर बालियो

  • माघ १७, २०७७

सुरक्षा निकायले चितवनको सुरक्षाव्यवस्था अत्यन्त कडा पारिएको जनाएपनि सरकारको विरोध गरिरहेको नेकपाकै एक घटकको विद्यार्थी तथा अन्य भातृसंगठनले ठाउँठाउँमा विरोध गरिरहेका छन् ।

केपी शर्मा–माघ १७, २०७७
चितवन । ससद विघटन गरी मध्यावधी निर्वाचनको घोषणा पश्चात पहिलो पटक चितवन आउनलागेका प्रधानमन्त्री केपी शर्मा ओलीको व्यापक विरोध गरिएको छ ।


विहानैदेखि अनेरास्ववियू चितवन (दाहाल नेपाल समूह) का विद्यार्थीहरुले सरकारविरुद्ध पर्चा पम्प्लेटिङ देखि सडकमा टायर बालेर विरोध गरेका हुन् ।

उनीहरुले लायन्सचोक देखि पुल्चोक हुँदै पोखरा वसपार्क सम्म सडकभरी असंवैधानिक कदम खारेज गर, प्रतिगामीहरु होसियार, जनमतको कदर गर, भ्रष्टचारीहरुलाई कारवाही गर, राज्यको ढुकुटी हिनामिना गर्न पाइदैन, पार्टी एकता जिन्दावाद लगायतका नारा लेखिएको पर्चा छरिएको थियो ।

No description available.
उनीहरुले चौविकोठी, सीएमसी अगाडी, पुल्चोक, आँपटारी लगायतका ठाउँमा प्रधानमन्त्रीको विरोधमा टायर समेत बालेका हुन् ।

प्रधानमन्त्री आउने भएपछि चितवनमा विहानै देखि व्यापक सुरक्षा व्यवस्था कडा पारिएको चितवन प्रहरीले जनाएको छ । सुरक्षाका सवै संयँँन्त्र सुरक्षासतर्कताका लागि फिल्डमै रहेको जनाइएको छ ।

प्रधानमन्त्री ओली चितवनमा निर्माण भइरहेका दुई वटा आयोजनाको शिलान्यास गर्न दिउसो १ बजे आउने जनाइएको छ । साथै नेकपा चितवन ओली समूहले भरतपुरको केन्द्रीय बसपार्कमा विशाल सभाको आयोजना समेत गरेको छ ।

No description available.

उक्त सभा हुने स्थानमा अहिले सयौँको सख्यामा प्रहरीहरु परिचालन गरिएको छ भने विहानै देखि तालिम प्राप्त कुकुरहरुबाट उक्त स्थानको सुरक्षा निरीक्षण समेत गरिएको छ ।

No description available.

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८