• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

माघ १७ गते चितवनमा नेकपाको कुनै कार्यक्रम छैन– परियार

  • खवरदाता

माघ १७ गते चितवनमा नेकपाको कुनै कार्यक्रम छैन– परियार

माघ–१६, २०७७

चितवन । माघ १७ गते नेकपा जिल्ला कार्यसमितिको आधिकारिक कुनै कार्यक्रम नरहेको जनाइएको छ ।

सनिवार चितवनको भरतपुरमा आयोजित नेकपा दाहाल –नेपाल (दाने) समुहले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा नेकपा दाने समुहका अध्यक्ष यम बहादुर परियारले चितवनमा नेकपाको नाउँमा कुनै सानो समूहले काम चलाउ प्रधानमन्त्री ओलीलाई बोलाएर महानगरले शुरु गरेको सिटी हल र पुल्चोक–गोन्द्राङ सडक शिलान्यास गर्दै छन भन्ने सुन्नमा आएको बताए । उनले भने नेकपाले गर्ने भन्ने हल्ला मात्रै हो ।

असंबेधानिक तवरले शंशद विघटन गरेर ओलीले चुनाव नगराई सत्ता कसैलाई जिम्मा लगाउन खोजिरहेको परियारले बताए । यहि भएर हाम्रो पार्टी नेकपा संसद विघटनको विरुद्धमा लागेको हो ।
सत्ता र पदको दुरुपयोग गर्दै ओलीले उखान टुक्काको भरमा जनतालाई भम्र छरिरहेको उनिहरुले आरोप लगाए । यस्तै दुरुपयोग रोक्ने उद्देश्यले हावादारी रुपमा गर्न लागिएको शिलान्यास कार्य आचार संहिताको विपरित रहेकोले निर्वाचन आयोग समक्ष हाम्रो पार्टी नेकपाले जोडदार माग गरेको छ ।

उनले भने हामीले तिन वर्षदेखि सुकुम्वासीका नाममा लगातार खवरदारी गर्दा सुन्दै नसुन्ने ओलीले अहिले भुमी व्यवस्था आयोगको नाममा निहित स्वार्थ बोकेको आफ्ना आसेपासे समूहलाई तलव भत्ता खुवाउने कामगर्दै आएको बताए ।

सुनिदै छ चितवनमापनि सुकुम्वासीहरुलाई लालपुर्जा वितरणगर्ने प्रलोभन देखाएर माघ १७ गते भरतपुरमा उखान टुक्का सुन्नको लागी ल्याईदै छ अरे परियारले भने ।

प्रेस विज्ञप्तीमा भनिएको छ ‘नेकपा चितवन यस्ता गुटगत राजनितीको भम्रमा नर्पन सम्र्पुण वर्ग र सर्वहारा सुकमुम्वासी जनसमुदायलाई हार्दिक अपिल गर्दछ ।’

  • प्रकाशित मिति : माघ १६, २०७७, शुक्रवार ११:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८