• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चौविसकोठीमा फहराइयो २४ फिटकै झण्डा

  • खबरदाता

चौविसकोठीमा फहराइयो २४ फिटकै झण्डा

माघ १६, २०७७
चितवन । चितवनको चौविसकोठीमा राष्ट्रिय झण्डा फहराइएको छ ।

शहिद दिवसकै अवसर पारेर राष्ट्र र राष्ट्रियता झल्काउने गरी चोकमै झण्डा फहराइएको हो । चौविसकोठी चोकको आइल्याण्डमा २४ फिटकै झण्डा फहराइएको आयोजक हेल्प फर हेप्पीनेसले जनाएको छ ।
जमिनको भागदेखि ६५ फिट भित्रमा राष्ट्रि झण्डा राखिएको हो । झण्डाको मात्रै आकार भने २४ फुटको रहेको छ ।
विभिन्न संघ संस्थाको सहयोगमा हेल्प फर हेप्पीनेसले सो कार्यलाई अन्तिम रुप दिएको संस्थाका अध्यक्ष नविन तिवारीले जानकारी दिए ।
देशका सरकारी कार्यालयमै रहेका झण्डाहरु समेत खुइलिएका,च्यातिएका अवस्थामा आफूहरुले सवैतिरको प्रतिनिधित्व गर्नेगरी यो झण्डा राखिएको र यसले राष्ट्रियता झल्काएको उनको दावी थियो ।

उनले भने, देशको झण्डालाई फरफराएको हेर्ने चाहाना भयो । सरकारी कार्यालयहरुमा देखिने झण्डाहरुको समेत राम्रो व्यवस्थापन नभएकाले हामीले राष्ट्रियताको भावनालई उच्च राख्न र नेपालीपन बढाउँदै राष्ट्रिय एकताका लागि यो काम गरेका हौँ ।”

विदेशबाट चितवनमा आउने पर्यटकहरुले समेत विमानस्थलमा झर्नासाथ नेपाली राष्ट्रिय झण्डा फहराएको देख्न पाउने भए । यसलाई पनि हामीले महत्वपूर्ण मानेका छौ, उनले भने ।

साथै चारैतिर पानीको फोहोरालाई पनि आजै सुरु गरिएको छ । वरपर फूलहरु रोप्ने देखि वत्तीको समेत व्यवस्था गरिएको कार्यक्रम संयोजक रमण वाग्लेले बताए ।

भरतपुर महानगरपालिकाका प्रवक्ता एवम वडानम्वर १० का वडाअध्यक्ष अरुणपीडित भण्डारीले झडोत्तलन गरेका थिए । प्रमुख अतिथि समेत रहेका भण्डारीले युवाहरुको राष्ट्रप्रेमप्रति जागृत भएको भावनाले सवैलाई समेट्न सकेको बताए ।

  • प्रकाशित मिति : माघ १६, २०७७, शुक्रवार १०:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८