• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

झाडु लगाउन समेत प्रधानमन्त्री कुर्नुपर्ने मेरो बसपार्क……


झाडु लगाउन समेत प्रधानमन्त्री कुर्नुपर्ने मेरो बसपार्क……

बेला मौकामा मात्र खास प्रयोग गरिने यस्ता क्षेत्रहरुलाई राजनीतिक कार्यकर्ता होस वा जनप्रतिनिधिले चासोका साथ सदावहार सरसफाइ र स्याहारसंहार गरिरहनु जरुरी छ।

केपी शर्मा–माघ १६, २०७७
चितवन । चितवनमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि ओली पक्षिय नेकपाका कार्यकर्ताहरुले तामझाम बढाउन थालेका छन् ।

उनी दुई वटा आयोजनाको शिलान्यास गर्न भनेर शनिवार चितवन आउने कार्यक्रम तय भएको छ । ताकी उनले शिलान्यास गर्ने भनिएका दुई वटै आयोजना विना शिलान्यासनै तिव्र गतिमा निर्माण भइरहेका छन् ।

शिलान्यसको निहुँ पारेर प्रधानमन्त्री ओलीले चितवन लगायत आसपासका आम सर्वसाधरण भेला गरेर नेकपा किन फुट्यो? कसले फुटायो भन्ने जस्ता पुरानै कुराहरु दोहोर्याउने पक्कापक्की देखिन्छ ।
उनी चितवन आउने भएपछि विगत एक हप्ता अघिदेखि भरतपुरको केन्द्रीय बस टर्मिनलको खाली जग्गामा निकै बाक्लो उपस्थिती देखिन्छ । महङ्गा, साना देखि ठूला, प्राइभेट नम्वरका ८, १० वटा कारहरु पनि विगत ५,७ दिनदेखि दिनहुँ सो स्थानमा आहोरदोहहोर गरिरहन्छन् ।

कहिल्यै पनि ठूला मान्छेहरुको आँखा नपुगेको र संरक्षित नभएको यो स्थानमा अहिले भने कुचीकारहरु कुचो लगाउन व्यस्त छन् । त्यतिमात्रै होइन, एउटा डोजरलाई त्यहाँको जमिन सम्याउन भ्याई नभ्याइ छ । यस्तै पानीले भिजाएर एउटा रोलरले लगातार रुपमा काम गरिरहेको छ । लाग्छ की ठूलै सप्ताह लाग्नेवाला छ ।

No description available.

उक्त स्थान सवै क्षेत्रतिरबाट उपेक्षित क्षेत्र हो । जहाँ रहेको खाली जमिनप्रति कसैलाई वास्ता थिएन। वसपार्कमा उचित शौचालयको व्यवस्था नहुँदा यात्रुहरुको शौच गर्ने स्थानमा परिणत भएको सो खाली जमिनमा फोहोर मैलाको समेत डम्पिङसाइड बनिसकेको छ । जुन वेला सम्म चितनवमा प्रधानमन्त्री आउने निश्चित थिएन त्यो बेलासम्म डम्पिङ साइड जस्तै रहेको र कसैको नजरमा समेत नपरेको उक्त स्थानमा अहिले एकाएक सरसफाई हुन थालेको छ । जमिन सम्याउने काम देखि विभिन्न कुराले झकिझकाउ पारिदै छ ।

No description available.

राजनीतिक गर्ने कार्यकर्ता तथा नेताहरुलाई आफ्नो पक्षका पार्टीका नेताहरु आउँदा मात्रै उनीहरुलाई देखाउने उद्देश्यले सरसफाई गर्ने, तामझाम गर्ने परिपाटीले नेपालीहरुकै सामाजिक कार्यप्रति देखिएको चरित्र उदाङ्गो भएको छ। यदी यस्ता स्थानहरुलाई स्थानीय नेता कार्यकर्ताले उच्च तहका नेता आउँदा होस वा नहोस सधैँभरी सरसफाइका साथै संरक्षण गर्ने परिपाटी बसाल्ने हो भने जो सुकै जहिलेसुकै जुनसुकै समयमा आएरपनि उक्त स्थानलाई सहजै उपयोग गर्न पाउने देखिन्छ ।

विभिन्न संघसंस्थाहरुले सरकारी कार्यालय, अस्पताल तथा महानगरका चोकचोकमा झाडु लाउँदै हिँडेको देख्दापनि यो चौरमा भने अहिलेसम्म कोही देखिएका थिएनन् । यो तराईबाट आएका घुमन्तेहरुको पाल टाँग्दै बस्ने थलो हो । यो बसपार्कमा रात्रीसमयमा झर्ने मान्छेको खुल्ला शौचालय हो । त्यति मात्रै होइन वरिपरीकै वासिन्दाहरुको डम्पिङ साइड समेत हो ।

राजनीतिक कार्यक्रम हुँदा मात्रै सार्वजनिक स्थान खोज्ने राजनीतिक दलका नेता कार्यकर्ताले सधैँ भरी उही चासो र कार्य जारी राखे कति राम्रो हुन्थ्यो । नेकपा मात्रै होइन यस अघि कार्यक्रम गरेका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुले पनि

काँग्रेस, कम्युनिष्ट, राप्रपा, राजावादी होस या जुनसुकै संघसंस्थाले पछिल्लो समय आफ्नो कार्यक्रमका लागि प्रयोग गर्दै आएको यो स्थान अरुवेला उनीहरुकै नजरबाट टाढै रहने गरेको पाइन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि दिउसो १ बजे आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पार्टीको तयारी के छ ?

राष्ट्रियसभा सदस्य एवम ओली पक्षिय नेता पार्वती रावलले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताइन् । खवरमुलुकसँग कुराकानी गर्दै उनले भोली प्रधानमन्त्री केपी शर्मा ओली सहित उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकास मन्त्री प्रभु शाह, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, पार्टीका वागमती प्रदेश अध्यक्ष पूर्वमन्त्री आनन्द पोखरले आउने पक्का भएको बताइन् ।

पश्चिमतर्फबाट आउनेहरु चौविसकोठीमा, उत्तरतर्फबाट आउनेहरु मालपोत चोकमा र पूर्वतर्फबाट आउनेहरु बसन्त चोकबाट पैदल हिँडेर कार्यक्रमस्थल आउने तालिका रहेको उनको भनाई छ ।

प्रधानमन्त्रीले सम्वोधन गर्ने सभामा नेकपाबाट निर्वाचित सवै जनप्रतिनिधि र स्वयम पार्टीका जिल्ला अध्यक्षलाइ पनि बोलाउने गरी तयारी भएको र आउने नआउने आआफ्नो इच्छा भएको उनले बताइन् ।

सुरक्षा व्यवस्था के छ ?

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको बताए। सुरक्षा सवेदनशीलतालाई ध्यानमा राखी चोकचोकमा सुरक्षाकर्मीका सख्यामा समेत बृद्धि गरेको उनले बताए ।

  • प्रकाशित मिति : माघ १६, २०७७, शुक्रवार ०७:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८