• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पुननिर्माणमा पहिलो जिल्ला बन्ने नवलपुरको दाबी

  • खबरदाता

पुननिर्माणमा पहिलो जिल्ला बन्ने नवलपुरको दाबी

माघ १५, २०७७

नवलपुर । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ नवलपुरले आगामी वैशाख १२ सम्ममा निजी आवास तर्फको सम्पूर्ण कार्य सक्ने लक्ष्य लिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीको प्रमुख आतिथ्यतामा आज भएको जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नवलपुर इकाइ प्रमुख राजेन्द्र कार्कीले वैशाख १२ सम्म निजी तर्फको कार्य सम्पन्न हुने गरी काम भएको जानकारी दिए। अहिलेसम्म गरेका पुननिर्माण कार्यलाई तीन चरणमा विभाज गरि आगामि बैशाख १२ गते सम्म सबै कार्य सक्ने लक्ष रहेको उनले बताए ।

माघ मसान्तसम्म पहिलो, फागुनमा दोस्रो गर्दे यसको कार्य सम्पन्न गर्ने गरि काम भइ रहेको छ । जिल्लामा प्रवलिकरण अन्तरर्गत सवै काम सम्पन्न भएको भइसकेको भने भुकम्पबाट प्रभावित देशभरका ३२ जिल्ला मध्ये सबै भन्दा चाडै पुननिर्माणको कार्य सम्पन्न गर्ने पहिलो जिल्लाका रुपमा नवलपुरलाई घोषणा गर्ने तयारीका साथ काम अघि बढेको इकाइ प्रमुख कार्कीले बताए ।

कुल लाभग्राही ११ सय १ जना रहेकोमा २ जनाले रकम फिर्ता गरेका छन् । वाँकी रहेका १०९९ मध्ये ११ जना प्रवलीकरणका र १७ जना मर्मत तर्फका लाभग्राहीले आफ्नो सम्पूर्ण कार्य सकाएका छन् । वाँकी १०७१ पुननिर्माण तर्फका लाभग्राहीले पनि घरनिर्माणलाई तिव्रता दिएका छन् ।

हालसम्म ९५४ जनाले अन्तिम किस्ता लिइसकेका छन् । वाँकी ११७ जनाले पनि घर बनाइरहेको तर बजेट अभावले प्रगतिमा राख्न वाँकी रहेको छ । जिल्लामा ८ जना लाभग्राहीहरुको विभिन्न समस्या रहेका छन् । ती मध्ये ३ जनाले पुन सम्झौता कार्यान्वयनमा जोड दिएका छन् भने २ जनालाई सम्पर्क विहीन र केहीको घर बनाउन कठिन भएको अवस्था रहेको छ ।

३२ जिल्लामध्ये सवैभन्दा पहिला पुननिर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जिल्लाले फागुनसम्म खर्च गर्न दिएको १ करोड बजेट सकिएको र १ करोड अहिले नै निकासा गरिदिए सहज हुने कार्कीले बताए । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पनि पहिलो सफल जिल्ला घोषणमा आफ्नो पूर्ण साथ रहेको भन्दै बजेट अभाव हुन नदिने बताए छ ।

कार्यक्रममा जिल्लाभरका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरहरको सहभागीता रहेको थियो । जिल्ला समन्वय समिति प्रमुख चेसराम आलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनमाया पगेनी भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

  • प्रकाशित मिति : माघ १५, २०७७, बिहीवार १४:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८