माघ १५,२०७७
केही दिन अघि नेकपा सिङ्गो रहेको निर्णय दिएको निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
निर्वाचन आयोगले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बेग्लाबेग्लै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि बिलाएको हो। आयोगले अध्यक्ष र अध्यक्षले तोकि आयोगलाई जानकारी गराएका व्यक्तिलाई पठाउन भनेको छ ।
उक्त छलफलको लागि शुक्रबार विहान साढे ११ बजेलाई आयोगले बोलाएको हो।
तर आयोगले दुई समुह बिचको छलफलका लागि बोलाएको भनी खुलाएको छैन ।आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको र निर्वाचनसम्बन्धी कानुनमाथि छलफल र निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने आयोगले भनेको छ ।
यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको निवेदनमा निर्णय गर्दै आयोगले दुबै पक्षको दावी नपुग्ने बताएको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८