• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

नेपालमा ३२८६ जना सक्रिय संक्रमित

  • खबरदाता

नेपालमा ३२८६ जना सक्रिय संक्रमित

माघ–१४ ,२०७७

भरतपुर । सरकारी तथ्यांक अनुसार आज २४६ जना संक्रमित निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६५ हजार ६९ रहेको छ । यो ९८ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज ४३८२ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।

आज चितवनमा ० जना, काठमाडौं उपत्यकामा १४५ जना संक्रमित थपिए । देशमा थप ३ जनाले ज्यान गुमाउँदा कुल संख्या २०२० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ३ हजार २८६ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या १२२ छ । हाल देशका विभिन्न अस्पतालका आइसीयुमा १३९ र भेन्टिलेटरमा २३ जनाको उपचार भइरहेको छ ।

हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने कालीकोट,रुकुम पश्चिम र मुगुमा संक्रमितको संख्या शून्य रहेको छ ।

  • प्रकाशित मिति : माघ १४, २०७७, बुधवार ११:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८