रत्ननगरमा बसको ठक्करबाट दुइ जनाको मृत्यु

  • खबरदाता
  • माघ १३, २०७७

माघ १३, २०७७
चितवन १३ । पूर्व पश्चिम राजमार्गको रत्ननगर सडकखण्ड स्थित हरिहर मन्दिर अगाडी सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बा २ ख ५६७४ नम्वरको विद्यार्थी बोक्न प्रयोग गरिएको भाडाको बसले बा ९२ प ५२०४ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक सोलुखुम्बु टापटिङ ५ का २४ बर्षिय अनिल मगर र पछाडि बसेका धरान नगरपालिका ९ सुनसरीका २० वर्षीय गौरब राइको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते उनीहरुलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिए ।
ठक्कर दिने चालक फरार रहेको र उनको पहिचान खुलेपनि खोजी कार्य जारी रहेको कार्कीले बताए ।

  • खबरदाता
  • प्रकाशित मिति:माघ १३, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८