किन बोल्न दिइएन भरतपुर विमानस्थलमा प्रचण्डलाई !

  • माघ १३, २०७७

निर्वाचन आयोगले दिएको निर्णयले नेकपाको विभाज झन् कठिन र पेचिलो बनिरहेको अवस्थामा चितवन आएका प्रचण्डले वर्तमान परिवेशको बारेमा एक शब्द पनि बोलेनन् । नबोलेका की बोल्न नदिएका ?

केपी शर्मा–माघ १३, २०७७
चितवन । अकस्मात चितवन आएका पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिवेशको बारेमा यो पटक केही पनि बोलेनन् ।

निर्वाचन आयोगले पार्टी एउटै रहेको निर्णय दिएको पर्सीपल्ट गृहजिल्ला चितवन आएका प्रचण्डलाई नेकपा चितवनका जिल्ला नेताहरुले पत्रकारहरुसँग कुराकानी गर्न नदिएका हुन् ।

सधैँजसो गृहजिल्ला आउँदा विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुलाई बोलाएर केही न केही नयाँ कुरा दिने प्रचण्डले यस पटकको चितवन यात्रामा केही नबोलेका हुन् । उनका निजी सचिवालय देखि चितवनमा रहेका केही सीमित व्यक्तिहरुले विमानस्थलमा भेला भएका पत्रकारहरुसँग बोल्ने कार्यक्रम नरहेको बताए हुन् ।

नेपाली कम्युनिष्टका आन्दोलनका हस्ती खम्बसिंह कुवँर (काजी बा) लाई श्रद्धान्जली दिन प्रचण्ड चितवन आएका थिए । उनी चितवन आउने थाहा पाएपछि विहान ११ बजेनै पत्रकाहरु विमानस्थल पुगेका थिए ।

नेकपा दुई समूहको रस्साकस्सी भइरहेको परिवेश र निर्वाचन आयोगले कम्युनिष्ट नफुटिरहेको भनेर दिएको निर्णय पछि चितवन आएका प्रचण्डले नयाँ कुरा बोल्ने अपेक्षा पत्रकारहरुलाई थियो । पत्रकारहरुलाई मात्रै होइन यहाँका अधिकाँश नेता कार्यकर्तालाई पनि ती विषयमा उनले के धारणा व्यक्त गर्छन् भन्ने चासो व्यापक थियो ।

भरतपुर विमास्थलबाट वाहिरीदै प्रचण्ड

संचारकर्मीहरु लाई चितवनका केही नेताहरुले प्रचण्डले विमानस्थलमा नभई पार्टी कार्यालयमै अहिलेको परिवेश वारे बोल्ने भन्दै शहिद स्मृति भवननै जान भनेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहाकार सदस्य ९५ वर्षीय खम्बसिँह कुँवरको आजै विहान निधनभएपछि उनको शवलाई अन्तिम श्रद्धान्जलीका लागि नेकपाको (माओवादीको पुरानो पार्टी कार्यालय) शहिदस्मृति सभागृहमा राखिएको थियो । प्रचण्डको पार्टीको झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धान्जली दिएका थिए । अन्तिम श्रद्धान्जलीमा पनि उनलाई पार्टीका नेताहरुले बोल्ने समय दिएका थिएनन् ।

अन्तिम श्रद्धान्जली दिइरहदा प्रचण्डले आफू खम्वसिँह कुँवरबाट प्रभावित भएको बताए । उनकै हातबाट समेत पार्टी सदस्यता लिएको उनले स्मरण गरे । उनले देशको अहिलेको परिस्थितीवारे इगित गर्दै भने,“नेपालको कम्युनिष्ट आन्दोलन र राजनीतिक आन्दोलनमा यस्तो ऐतिहासिक गम्भीर मोड आएको अवस्थामा खम्वासिँह जस्ता कम्युनिष्टकै खम्बाहरुको निधनले अपूरणीय क्षती पुगेको छ ।”

नेपालको लोकतान्त्रीक आन्दोलनकै घातक र प्रतिगमनकारी प्रवृत्ति देखा परीरहेको अवस्थामा खम्वासिँह जस्ता होनहार सल्लाहाकारको निधनको दुखद घडीलाइ शक्तिमा बदलेर अघि वढ्न जरुरी रहेको उनले बताए ।

वर्तमान राजनीतिक परिवेशको बारेमा बोल्ने परिस्थिती नमिलेपछि अव हुने श्रद्धान्जली सभामा अन्यवारेमा कुराहरु बोल्ने प्रचण्डले बताए थिए ।

  • प्रकाशित मिति:माघ १३, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८