चीन र भारतपछि अमेरिकी राजदूतको दौडधुप

  • खबरदाता
  • माघ १३, २०७७

 

माघ १३, २०७७
पछिल्लो सम नेपालको राजनिती माहोल गरमागरमि भइरहादा बिदेशीको चासो पनि उतिकै बढेको छ ।
मुलुकमा राजनीतिक अस्थिरता र अनिश्चय बढिरहेका बेला विदेशी शक्तिकेन्द्रको चलखेल बढिरहेको हो । चिनियाँ र भारतीय राजदूतको सक्रियता तीब्र बनेको केही दिनमै अमेरिकी राजदूतले पनि दौडधूप बढाएका छन् ।

नेकपाभित्रको विवादले प्रतिनिधि सभा नै विघटन भएको र नयाँ चुनावको तयारीमा मुलुक गएका बेला अमेरिकी राजदूत राजदूत रेण्डी बेरीको सक्रियता बढेको हो । राजदूत बेरीले सोमबार विभाजित नेकपाका अध्यक्ष प्रचण्डदेखि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेटेका छन् ।

बेरी देउवालाईभट्न सोमबार साँझ उनको बुढानीलकण्ठस्थित निवास पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अदालतमा विचारधीन रहेको छ । नेकपाको विवाद उत्कर्षमा पुगेको छ । यस्तो अवस्थामा अमेरिकी राजदूतको सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

आइतबार मात्र बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । उनले भेटघाटमा अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता र एमसीसीको भविष्यबारे छलफल गगरेको भने पनि भित्री कारण भने देशको पछिल्लो राजनीतिक अवस्थाबारे चासो नै रहेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा अमेरिका,भारत, बेलायतलगायतका प्रजातन्त्रिक मुलुकहरुले कुनै प्रतिक्रिया नजनाएको र प्रधानमन्त्री ओलीलाई नै साथ दिएको आरोप प्रचण्डले सार्वजनिक रूपमै लगाएका छन् ।
स्मरणीय छ कि नेकपाको विभाजन र प्रतिनिधि सभा विघटन हुनुमा चिनियाँ बीआरआई र अमेरिकी एमसीसीको द्वन्द्व पनि एक प्रमुख कारणका रूपमा लिइएको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८