• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आज ४०१ जना निको हुँदा १० ले ज्यान गुमाए

  • खबरदाता

आज ४०१ जना निको हुँदा १० ले ज्यान गुमाए

माघ–१२ ,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४०१ जना संक्रमीत निको भएका छन् ।

हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६४ हजार ५३८ रहेको छ । यो ९८.१ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज ४८५८ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।

आज चितवनमा ० जना, काठमाडौं उपत्यकामा १५४ जना संक्रमित थपिए । देशमा थप १० जनाले ज्यान गुमाउँदा कुल संख्या २०११ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ३ हजार २४० जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या १३२ छ । हाल देशका विभिन्न अस्पतालका आइसीयुमा १३७ र भेन्टिलेटरमा १९ जनाको उपचार भइरहेको छ ।

हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने कालीकोट,रुकुम पश्चिम र मुगुमा संक्रमितको संख्या शून्य रहेको छ ।

  • प्रकाशित मिति : माघ १२, २०७७, सोमवार १०:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८