बौदीकालीको दुई वडा जोड्न पक्की पुल

  • खबरदाता
  • माघ १२, २०७७

माघ १२, २०७७
नवलपुर । नवलपुर जिल्लाको पहाडी इलाका बौंदीकाली गाउँपालिकाका दुइ वटा वडा जोड्न पक्की पुल निर्माण हुने भएको छ ।

गाउँपालिकाको वडानम्वर १ र २ जोड्नका लागि गण्डकी प्रदेशका भौतिक पूर्बाधार बिकास मन्त्री रामशरण बस्नेतले आज शिलान्यस गरे ।

उक्त शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले बिकास निर्माणमा सबै प्रदेश भन्दा अघि रहेको र अव ग्रामीण क्षेत्रको विकासमा गण्डकी प्रदेश सरकार केन्द्रीत रहेको बताए ।

करीब तीन करोड ४६ लाख ६५ हजारको लागतमा निर्माण हुने सो पक्की पुल ३५ मीटर लामो हुने छ भने आयोजना आगामी मंसीर ६ गते सम्पन्न हुने गरि सम्झौता भएको बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानामगरले बताए ।

  • खबरदाता
  • प्रकाशित मिति:माघ १२, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८