भरतपुर २२ मा बनेको बहूउद्देश्यीय हल हस्तान्तरण

  • खबरदाता
  • माघ १२, २०७७

माघ १२, २०७७
चितवन । चितवनको भरतपुर महानगरपालिका वडानम्वर २२ गर्बेटाँडीमा बहूउद्देश्यीय हल निर्माण गरिएको छ । १० लाख रुपैयाको सरकारी बजेट र ८ लाख रुपैया बरावरको श्रमदान समेत गरी १८ लाखमा सो बहूउद्देश्यीय हल निर्माण सम्पन्न भएको हो ।
उक्त हल २० वाई ५० को रहेको छ । वर्खाको समयमा बाढी पहिरो जाँद पीडितहरुलाई उद्दार गरी अस्थायी वसोवास गर्ने उद्देश्ययले सो सभाहलको निर्माण गरिएको हो । तर अन्य समयमा पनि त्यस हलमा विभिन्न प्रकारका तालिम तथा कार्यक्रमहरु संचालन गर्न सकिने चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुँगानाले बताए ।
बाढीपीडितहरुको तत्काल उद्दार गर्न मिल्ने गरी नेपाली सेना बटुक दल गण कसराले उक्त हलको निर्माण गरेको हो ।
कार्यक्रममा पृतनापति ताराध्वज पाण्डेले नागरिक सहकार्यमा सैनिकले विगतदेखी काम गर्दै आएको बताउदै नेपाली सेनाले राष्ट्रिय सुरक्षा ,प्राकृतिक संरक्षण, विपत् व्यावस्थापन राहत र उद्दारका साथै विकास निर्माणमा आफ्नो भूमिका निभाएको जनाए
कार्यक्रममा बटुकदल गणका गणपती अरूण श्रेष्ठले नेपाली सेना नागरिकको आर्थिक सामाजिक गतिविधी बृद्धिमा लागिरहेको बताउँदै नागरिक सैनिक सहकार्य र सम्बन्धलाइ सुमधुर बनाउन थप कामहरू गर्दै जाने बताए । स्थानीय सरकारका प्रतिनिधीहरूसँग समन्वय र सहकार्य गरी १८ लाख रूपैयाँको लागतमा बहुउद्येश्यीय हल निर्माण गरिएको जनाए । हल निर्माण भएसंगै बाढीपिडित ,दैविक प्रकोप तथा सामाजिक कार्यहरुलाई व्यवस्थित रुपमा संचालन गर्न सहयोग पुग्नेमा उनको भनाई थियो ।
भवन आजै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली सेनाले नागरिकको सेवामा महत्वपूर्ण काम गरिरहेको बताउँदै वन्यजन्तुको क्षती क मगर्न तथा विपद न्यूनिकरणमा महानगरपालिकाले योजनावद्ध काम गरिरहेको बताइन् ।
भरतपुर महानगरपालिका वडा न २२ का वडाध्यक्ष बिष्णुराज महत्तोले विपत् ब्यावस्थापनका साथै समुदायको हित र आयआर्जनको रूपमा हल उपयोग गर्ने बताए ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८