• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

नेकपामा रहेनन अब केपी शर्मा ओली

  • खबरदाता

नेकपामा रहेनन अब केपी शर्मा ओली

 

माघ ११,२०७७

चितवन । नेकपा दाहाल –नेपाल  (दाने ) समूहले केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ । स्थायी कमिटीको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।

संसद विघटनलगत्तै दानेको नेतृत्वमा नेकपाको केन्द्रीय कमिटीको बहुमत सदस्य बसेर ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चुनेको थियो ।

माघ ३ गते बसेको स्थायी समितीको बैठकले संविधान, लोकतन्त्र, जनता र पार्टीविरुद्ध गतिविधि गरेकाले साधारण सदस्यबाट किन नहटाउने भनेर ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर ओलीले जवाफ नदिएकाले केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरेर निस्काशन गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थपेको छ भने उपसचिवमा मोहन गौतमलाई मनिनित गरेको छ ।

स्थायी कमिटी बैठकले ओली समूहले विसर्जनवादी कोणबाट प्रहार गरेपनि पार्टीको एकीकृत स्वरुप कायमै रहेको निष्कर्ष निकालेको छ । साथै प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सिंगो देश एक ढिक्का भएको र पार्टीले थालेको संघर्षप्रति कार्यकर्ता उत्साहित रहेको दाने समूहको निष्कर्ष छ ।

  • प्रकाशित मिति : माघ ११, २०७७, आइतवार १५:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८