आन्दोलन होइन चुनाव ताकौँ : नेता थापा

  • माघ ११, २०७७

बर्तमान केपी ओली सरकारलाई उनका विपक्षिले राजावादीसँग साँठगाँठ रहेको बताइरहदा राप्रपाका नेता कमल थापाले ओलीले घोषणा गरेको चुनावको विकल्प नभएको बताउनुलाई कसरी बुझ्ने ?

केपी शर्मा–माघ ११, २०७७
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले अप्रत्याशित घोषणा गरिएको चुनाव स्वीकार्नुपर्ने बताएका छन् । अवको चुनावले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको अवस्था के रहन्छ भन्ने निक्र्योल गर्ने पनि उनको भनाई थियो ।

पार्टी कार्यालय भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले पौष ५ गते गरिएको प्रतिनिधि सभा विघटन र मध्यावधी चुनाव आफ्नो पार्टीको माग नभएपनि देशको राष्ट्रियताका लागि पनि यो चुनाव अपरिहार्य भएको बताए ।

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र विदेशी शक्तिको हस्तक्षेप विरुद्ध पनि चुनावमा जानै पर्ने उनले बताए । यदि संसद विघटनविरुद्ध आन्दोलन गर्ने र चुनाव नमान्ने हो भने देशमा अझ बढि अस्थितरता बढ्ने देखिन्छ । उनले भने,“आरोप प्रत्यारोप र पार्टीका आन्तरिक द्वन्द्वले सृजना गरेका आन्दोलनले देशलाई थप अस्थिरता,अराजतकता र मुठभेडमा लैजाने भन्दा अर्को उपलब्धी हुनेछैन । त्यसको सिधै असर प्रजातन्त्रमा पर्ने देखिन्छ । ” उनले सडक आन्दोलन तत्काल रोकेर सर्वोच्चको फैसला कुर्न सवैलाई अनुरोध गरे ।

पौष ५ को निर्णयले संवैधानिक मात्रै नभएर राजनीतिक प्रश्नपनि खडा भएको र संवैधानिक प्रश्नको जवाफ सर्वोच्च अदालतल दिने र राजनीतिक प्रश्नको जवाफ भनेको मध्यावधी चुनावमै जनताले दिनेछन् उनले भने ।
अदालतमा विचाराधीन रहेको मुद्दाको बहस र सुनुवाई लामो समयसम्म रहिरहदा देशभित्रकै र विदेशी शक्तिहरुको चलखेल बढ्ने भएकाले अदालतले यसको निर्णय जतिसक्दो चाँडो दिनुपर्नेमा उनको जोड थियो ।

“वर्तमान संविधानमा प्रतिनिधि सभा सम्बन्धी केही अष्पष्टताहरु रहेका थिए यस वारेमा हामीले संविधान जारी भएदेखिनै कुरा उठाउँदै आएका थियौँ । बल्ल यो विषय सर्वोच्चमा पुगेको छ । अव संविधान सच्चिनेमा हामी आशावादी छौँ । ”

१४ वर्षको राजनीतिक अभ्यासकै क्रममा भएका असफलताका कारणले गर्दा संविधान व्यवस्था र मार्गचित्रकै बारेमा प्रसस्त मात्रामा प्रश्न चिन्हहरु खडा भएको उनले बताए ।

साथै उनले बर्तमान ओली नेतृत्वको सरकार भ्रष्टचारमा चुर्लुम्म डुविसकेको बताए ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८