अब माडीको सोमेश्वरमा साइकल सरर…..

  • खबरदाता
  • माघ १०, २०७७

साइकलबाट गरिने पर्यटन प्रवर्दनको प्रचारप्रसार साना तथा ठूला सवारी साधनबाट गरिने भन्दा महत्वपूर्ण हुनेछ ।

केपी शर्मा–माघ १०, २०७
चितवन । साइकल प्रति मोह भएका अभियान्ताहरुले पर्यटन र पर्यावरणलाई जोड्न राइड टु सोमेश्वरगढी नामक नारा दिएर साइकल यात्रा गर्नेभएका छन् ।

वाह बाइक र एक सपना साइकल र सफा नेपालको संयुक्त आयोजनामा यही माघ १६ र १७ गतेलाई उक्त साइकल यात्राको कार्यक्रम तय गरिएको हो । नेपालभरबाट मात्रै नभएर भारतका समेत दुई जना साइकल यात्री उक्त कार्यक्रममा सहभागी हुँदैछन् । स्मरण रहोस् भारतबाट आउने एउटा साइकल विश्वकै अग्लो भएको आयोजकको दावी छ ।


सो कार्यक्रममा सहभागी हुनका लागि अनलाईनबाट समेत दर्ता प्रकृया मिलाइएकोले हालसम्म करिव ७० जनाले दर्ता गरीसकेको वाह बाइकका प्रवन्ध निर्देशक जीवन क्षेत्रीले बताएका छन् । दर्ताका लागि विद्यार्थीले ५ सय रुपैया र अन्यले १ हजार रुपैया शुल्क बुझाउनुपर्नेछ । यही शुल्कबाट नै संस्थाले खाना देखि खाजाको व्यस्था गर्नेछ ।

उक्त संस्थाले पर्यटन विस्तार र वातावरण प्रदूषण घटाउन यस्ता कार्यक्रमको आयोजना गरिरहेको छ । यस अघि पनि चितवको मौवाखोला देखि उपरदाङगढी हुँदै भरतपुरसम्म करिव ६५ किलोमिटरको यात्रा साइकलबाट गरिसकेको छ । अव हुने सोमेश्वरको यात्रामा कम्तिमा एक सय जनाको सहभागीता हुने र करिव ७० किलोमिटरको एकोहोरो यात्रा गरिने एक सपना साइकल र सफा नेपालको अभियान्ता रुक्मिणी सापकोटाले जनाएकी छिन् ।

उक्त यात्रामा आयोजकले साइकल बनाउने मिस्त्री, एम्बुलेन्स र केही कुनै कारणबाट साइकल चलाउन नसक्नेलाई साइकल र मानिस दुवै बोक्ने यातायातको समेत व्यवस्था गरेको छ ।

चितनवलाई नेदरल्याण्डसको आम्सट्रडम शहरजस्तै साइकलको राजधानी बनाउने उद्देश्य सहित अभियान चलाएको उनीहरुको भनाई छ । साइकल चढ्नाले देश धुँवाधुलो मुक्त हुने, नेपालीहरु स्वास्थ्य हुने, वर्षेनी नेपालले आयात गर्ने पेट्रोलियम पदार्थखरिदको खर्च समेत कटौती हुने आयोजकहरुको बुझाइ छ ।

चितवन लगायत देशका विभिन्न ठाउँमा सौराहा र कसरा मात्रै पर्यटकीय ठाउँ भन्ने बुझाई रहेकाले माडी र माडीको सोमेश्वरगढीपनि ऐतिहासिक पर्यटकीय क्षेत्र हो भन्ने जानकारी दिनपनि कार्यक्रम गरिएको बताइएको छ । सोमश्वरगढीमा मानवद्धारा निर्मित आकर्षक मुर्तिहरुको अवलोकन गर्न सकिन्छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८