• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

‘विप्लवको बन्दले जनतालाई सास्ती’


‘विप्लवको बन्दले जनतालाई सास्ती’

आफ्नै आयू नभएको सरकारले प्रतिवन्धित घोषणा गरेको विप्लव समूहलाई थेग्ला त ?

केपी शर्मा–माघ १०, २०७७
चितवन । करिव साँढे १२ बजे चौविसकोठीबाट पश्चिम जाने बसस्टेशनमा ५, ७ जनाको समूह थियो । हामी त्यहाँ पुग्दा उनीहरु बस पर्खिरहेका थिए । करिव २, ३ घण्टा अगाडि देखि बसिरहेका उनीहरुलाई अझैपनि सवारी साधन आउने आशा भने जागीरहेको थियो । उक्त समूहका धेरै जसो पटिहानी, राइगञ्ज र मेघौली जानेहरु थिए । अरुवेला बसहरुले खचाखच हुने उक्त सडकखण्ड बन्दका कारण आज भने सुनसान जस्तै थियो । छिटफुट अटो बाहेक अरु सवारी साधन चलेनन् ।

त्यस्तै नारायणगढको पुल्चोकमा पनि दुम्कीबास जानालाई प्रकाश काफ्ले करिव २ घण्टादेखि बस कुरिरहेका थिए । उनी अघिल्लै दिन अकस्तामत दुर्घटनामा परेर घाइते भएको विरामीको रेखदेखमा अस्पताल आएका थिए । पैसाको जोहो गर्न तुरुन्तै घर फर्कनुपर्ने उनी बन्दले गर्दा पुल्चोकमै रोकिए ।

आरुङखोला आफन्तको विहेमा जान परिवार सहित भरतपुरको मुनाल चोकबाट पुल्चोक आएकी पवित्रा नाम बताउने उनले विप्लवको बन्दबारे आफूलाई केही थाहा नभएको बताइन् । उनले भनिन,“बन्द भन्ने जानेको भए आउनेनै थिइन ।” उनले हामीलाई नै सोधिन्,“दाई भोलि पनि बन्द छ र ?”
यता लमजुङको भोटेओडार जान भनेर हिँडेकी ६२ वर्षीय खगमाया सापकोटा पोखरा बसपार्कमा अलमल परेर एक्लै बस कुरिरहेकी थिइन् । उनी बसपार्क पुगेर टिकट काट्न जाँदा काउण्टर बन्द भएर गाडिहरु लहरै पार्किङ गरेको देखेपछि मात्रै थाहा भयो की आज कसैको बन्द रहेछ । उनलाई पाँच बजे गाडि खुल्ने आश्वासन कसैले दिएकोले उनी पाँच बजेको समयको पर्खाइमा थिइन ।

देशमा लामो समयदेखि रोकिएका बन्दका श्रृखला पुन देखापर्न थालेका छन् । सत्तामा रहेका माउ पार्टीहरु टुक्रिदै जाने र आफ्नो भाग पुरापुरी खोज्ने निहुँमा सडकमा आन्दोलनरत छन् । सरकार र सत्तारुढ दलकै दुइ घटक एक अर्का लडाइमा व्यस्त छन् । दुवै पक्षका शीर्ष नेताहरु यति सम्म गिर्दै छन् कि एकले अर्काको भेलामा आएका नेता कार्यकर्तालाई सिसिमा दबाई किन्न आएको संज्ञा समेत दिन थालेका छन् ।

यतिसम्मको अराजनैतिक गतिविधिमा लाग्दैगर्दा सरकारले संदिग्ध मानेको विप्लव समूह पनि चलमलाउन थालेको छ । केही समय अघि उसले मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई पनि सुराकी गरेको आरोप लगाउँदै हत्या गरिसकेको छ । पछिल्लो समय उसले आफ्नो पार्टीका केन्द्रीय समितिका सचिवालय सदस्य तथा विदेश विभाग इन्जार्च धर्मेन्द्र बास्तोलाको रिहाइको माग गर्दै माघ १० गतेको बन्द आह्वान गरेको थियो ।

एक पार्टीले जनता मार्ने, अर्को सरकारले उनका कार्यकर्ता पक्राउ गर्ने अनि कहि नभएको सास्ती भने स्वतन्त्र र सिदासादा जनताले पाउने । कहाँ सम्मको न्याय हो यो ?
बन्दको अत्तोपत्तो नभएका प्रकाश काफ्ले भन्छन्,“सवै सत्तामा बस्न नपाएको रिस सडकमा पोख्छन् र हामीले दुख पाउनुपर्छ । आखिर कहिलेसम्म यस्तो चलिरहने हो ? ” उनको आक्रोश थियो ।

पश्चिम चितवन जान हिँडेकाहरुको पनि बन्दकर्ता र सरकारप्रति कम्ता रिस थिएन । उनीहरु भन्दै थिए,“भागवण्डा मिलिन्जेल सुखशान्ति नमिल्दा सडक आन्दोलन र बन्द ।” उनीहरुले थपे,“यही बाट देखिन्छ की ठूलालाई चैन र सानालाई ऐन । निजी सवारी साधन प्रसस्तै मात्रामा कुदिरहदा सार्वजनिक सवारी साधन बन्द हुनुले हामी जस्ता सर्वहारालाई सधैँ भरी मारैमार । बन्द सदाका लागि बन्द नै हुनुपर्छ ।” उनीहरुको एक स्वर थियो ।

विप्लवको बन्दले चितवनको जनजीवन आशिक रुपमा प्रभावित भएको थियो । छोटो दुरीका सामान्य सवारी साधन चलेपनि लामोदूरीका सवारी नचल्नाले यात्रुहरुले सास्ती खेप्नुपरेको हो । आजको बन्दबाट उच्छृखल गतिविधि गर्ने तथा कुनैपनि वन्दकर्तालाई पक्राउ नगरिएको चितवनका प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले बताएका छन् ।

जिल्लाका दुई स्थानमा शंकाष्पद बस्तु भेटिएको र उक्त बस्तु कसले राखेको हो भन्ने बारे अझसम्म कुनै पत्ता नलागेको गुरुङले बताए । ती दुवै शंकाष्पदक बस्तुको नेपाली सनेले डिष्पोज गरेको थियो । उक्त बस्तु बम नभएको प्रहरीले पुष्टि गरेको छ ।

  • प्रकाशित मिति : माघ १०, २०७७, शनिवार १२:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८