• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

विप्लवको बन्द : शंकाष्पद बस्तुले आतंक मात्रै

  • खबरदाता

विप्लवको बन्द : शंकाष्पद बस्तुले आतंक मात्रै

माघ १०, २०७७

चितवन । नेकपा विप्लव समूहले आह्वान गरेको बन्दका क्रममा चितवनका विभिन्न स्थानहरुमा शंकाष्पद बस्तु फेला परेका छन् ।

त्यसरी फेला पारेका बस्तुहरुले दिनभर जनजीवन आतकित पारेको थियो ।


चितवनका दुई स्थानमा शंकाष्पद बस्तु फेला परेको तर बम भएको आशंका गरिएपनि पुष्टी नभएको जिलला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुरको रामनगर पानी ट्याङ्की नजिक र बाइपास रोड आँखा अस्पताल नजिक रहेको शंकाष्पद बम बस्तुलाई सेनाको डिष्पोजले टोलीले निस्कृय पारेको थियो । दुई स्थानकै शंकाष्पद बस्तुभित्र गिटि, वालुवा र वियरका बोत्तल समेत पाइएको छ ।

डिष्पोजमा ढिलाई हुँदा जनजीवन आतंकीत

बिहानैबाट विप्लवको बन्दले जनजीवत प्रभावित परिरहेको थियो । बन्दको बारेमा थाहा नहुने र आफ्नो गन्तव्यमा हिँडिकाहरुले विहानैदेखि सास्ती खेपिरहेका थिए ।

दिउसो १२ बजेर ३० मिनेट जाँदा आँखा अस्पतालको अगाडि रातो झोलामा बाँधीएको अवस्थामा तार सहितको शंकाष्पद वस्तु भेटियो ।

स्थानीयले बन्दको बेलामा बम हुन सक्ने आशंका गर्दै प्रहरीलाई खवर गरे । प्रहरीले त्यसको निगरानी गरिरह्यो । तर समयमै सेनासँग समन्वय नहुँदा शंकाष्द बस्तु निस्कृय पार्नमा ढिलाई भयो ।

यो समयमा उक्त सडक प्रयोग गरेर आवतजावत गर्नेले सास्ती खेप्नुपर्यो । त्यति मात्रै होइन आसपासमा रहेका निजी निवासका स्थानीय पनि करिव ३ घण्टा डर त्रासमा बस्नुपर्यो ।  सेनाको टोलीले बल्लतल्ल साँढे ३ बजेको समयमा उक्त बस्तुलाई डिष्पोज गरेको थियो ।

  • प्रकाशित मिति : माघ १०, २०७७, शनिवार ११:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८