माघ १०, २०७७
नवलपुर । नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
जिल्लाको कावासोती नगरपालिका ८ खर्कटा जंगलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा कावासोती ३ बस्ने बर्ष अन्दाजी २४ का हेम राज थापा र वडा नं। ८ बस्ने बर्ष अन्दाजी २६ का सुनिल जैसवालको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व० ले दिएको जानकारी अनुसार शुक्रवार राति साँढे ११ बजे खर्कटा जंगलको भित्री सडक खण्डमा उत्तर बाट दक्षिणतर्फ जादै गरेको ना.२२ प ६५५५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घट्नामा परेको थियो ।
दुर्घटनापछि घाइते उनीहरुको उपचारको लागी तत्काल मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाइएकोमा दुवै जनाको उपचारको क्रममा ज्यान भएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८