अमेरिका एक महिनामा फेरिने वाइडेनको विश्वास

  • माघ ०९, २०७७

माघ–९, २०७७

अमेरिकाका राष्ट्रपति जो वाइडेनले सबै अमेरिकी एकजुट भए कोरोना महामारीको अहिलेको विकराल अवस्थाबाट एक महिनामा बाहिर निस्कन सक्ने बताएका छन् । राष्ट्रपतिको पदभार ग्रहण गरे लगत्तै १० वटा महत्त्वपूर्ण घोषणा गर्दै उनले सो कुरा बताएका हुन् ।

भ्याक्सिन वितरणमा अझ तीव्र बनाउने, परीक्षणको मात्रा अझ बढाउने तथा मास्क लगायत आवश्यक बस्तुको उत्पादन बढाउने उनले घोषणा गरे । अमेरिकाका ४६ औ राष्ट्रपति वाइडेनले अहिलेको समयमा व्यवहारिक निर्णय गर्न र त्यो निर्णयमा बोल्ड निर्णय गर्न पछि हट्न नहुने धारणा राखेका छन् । उनले पहिलो १०० दिनमा १० करोड भ्याक्सिन डोज प्रदान गर्ने लक्ष्य रहेको बताए ।

वाइडेनले अझ धेरै स्थानमा भ्याक्सिन केन्द्र स्थान गर्दै १०० दिनमा सुरक्षित रूपले विद्यालय खोल्ने बताएका छन् । अमेरिका जानका कुनै पनि अन्तर्राष्ट्रिय उडान भर्नेले एयरपोर्ट छाड्नु अघि नेगेटिभ पिसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने छ भने अमेरिका पुगे पछि १४ दिन क्वारेनटाइनमा अनिवार्य बस्नु पर्ने छ ।

मास्क अनिवार्य गराइएको छ भने सामाजिक दुरीका नियम अनिवार्य गरिएको छ । प्लेन, बस र रेलमा फेससील्ड अनिवार्य गरिएको छ । कोरोना विरुद्ध लड्न तल्लो तहमा थप बजेट पनि दिइएको छ ।

  • प्रकाशित मिति:माघ ०९, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८