• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

दुई गैँडा मृत भेटिए, यो बर्ष मात्रै २२ मरे

  • खबरदाता

दुई गैँडा मृत भेटिए, यो बर्ष मात्रै २२ मरे

माघ ९,२०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जका दुई वटा गैँडा मृत भेटिएका छन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार माघ ७ गते निकुञ्जको कोर इलाका पदमपुर फाँटमा १८ महिनाको केटो बच्चा गैँडा र माघ ८ गते बेलशहरघाट क्षेत्रमा करिव ३० वर्षको भाले गैँडा मृत भेटिएको हो ।

अधिकारीका अनुसार गैँडा प्राकृतिक कारण मृत अवस्थामा भेटिएको हो । केटा गैँडाको ब्रम्हखाग र खुर तथा भाले गैँडाको खाग ,खुर सुरक्षित रहेको छ । यी दुई सहित चालु आर्थिक वर्षमा २२ वटा गैडा गुमाउन पुगेको निकुञ्जले जनाएको छ ।

  • प्रकाशित मिति : माघ ९, २०७७, शुक्रवार ००:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८