सेरमको कारखाना आगलागी

  • माघ ०८, २०७७

माघ–८, २०७७

नेपाल समेत भारत र अन्य मुलुकमा कोभिड–१९ विरुद्धको खोप वितरण गरिरहेको सेरम इन्स्टिच्युट अफ इन्डियाको पुणे स्थित कारखानामा भीषण आगलागी भएको छ ।

समाचार अनुसार सेरमको निर्माणाधीन कारखानामा आगलागी भएको हो । तर, आगलागीबाट कोभिसिल्ड खोप उत्पादन गर्ने प्लान्टमा कुनै क्षति नपुगेको अधिकारीहरूले बताएका छन् ।
भारत सरकारले नेपाललाई उपहार स्वरूप प्रदान गरेको १० लाख डोज कोभिसिल्ड खोप पनि सेरमले नै उत्पादन गरेको हो ।

सेरमले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेको भ्याक्सिनलाई भारतमा उत्पादन गरिरहेको छ ।

आगलागी निकै डरलाग्दो भएको भन्दै १० वटा अग्नि नियन्त्रक घटनास्थलमा पुगेका छन् । आगो नियन्त्रणमा ल्याउन निकै ठुलो प्रयास भइरहेको छ ।

सेरमले आफूलाई विश्वमै सबैभन्दा ठुलो खोप उत्पादक कम्पनीका रूपमा दाबी गर्दै आएको छ । पुणेमा यसको प्लान्ट १०० एकडभन्दा बढी क्षेत्रमा फैलिएको छ ।

खोप उत्पादनका लागि भन्दै सेरमले हाल कम्तीमा १० वटा भवन निर्माण गरिरहेको जनाएको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८