माघ ८, २०७७
चितवन । माडीमा करिव दुई महिना अघि सुख्खा पहिरो गएर थुनिएको परुई खोला खुलाइएको छ ।
माडी नगरपालिकाको समन्वयमा नेपाली सेना,शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीको सहयोगमा थुनिएको खोला बिहीवार बाट खुलाइएको हो ।
इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक झलकशर्मा पौडेलका अनुसार उक्त स्थानमा सानो कुलो खनेर पानीको निकास गरिएको र सो कुलोबाट विस्तारै पानीले आफ्नो वाटो तय गर्दै बगेको छ ।
ईलाका प्रहरी कार्यालय माडीबाट १० जना, नेपाली सेनाका २० जना, शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट छरछरेबाट २० जना र स्थानीयको सहयोगमा पहिरो हटाइ पानी कटाएइएपछि त्यो भन्दा तल रहेका चेपाङवस्ती पनि जोखिममुक्त भएको छ ।
पहिरोलाई तत्काल व्यवस्थापन नगरीए तल्लो तटिय क्षेत्रमा डुबान जोखिम रहने भन्दै स्थानीयहरु त्रसित रहेका थिए । त्यस्तै कतिपयले त्यसलाई ताल बन्न दिएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पनि सुझाएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८