• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

निवार्चनको तयारीमा जुट्दै निर्वाचन आयोग चितवन


निवार्चनको तयारीमा जुट्दै निर्वाचन आयोग चितवन

सरकारले निर्वाचन मिति घोषणा गरेपनि संसद विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेको छ । कछुवा गतिमा सुनुवाई भइरहेको उक्त मुद्दाको टुँगो लाग्न अझै लामै समय लाग्ने अनुमान लगाउन सकिन्छ । त्यहि पनि अदालतको निर्णय के आउँछ त्यसमा चुनाव हुन्छकी हुँदैन भन्ने कुरा निर्णीत रहन्छ ।

केपी शर्मा–माघ ८, २०७७
चितवन । सरकारले वैशाख १७ र २७ गतेलाइ तोकेको मध्यावधि निर्वाचनको तयारीमा निर्वाचन आयोग जुटेको छ ।

गत पुष ५ गते प्रतिनिधि सभा विघटन गरी केपी शर्मा ओली नेतृत्वको सरकारले मध्यावधि निर्वाचनको घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालय चितवन पनि निर्वाचनको तयारीमा जुटेको हो ।

बुधवार जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइको अध्यक्षतामा जिल्लामा क्रियाशील राजनीतिक दल लगायत सरोकारवालाहरुसँग छलफल समेत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जनार्दन अधिकारीले बताए ।

उनका अनुसार राजनीतिक दल तथा सरोकारवालाहरुसँग छलफल गरेर मतदान स्थलको विषयमा टुँगो लागेको छ । २०७४ सालमा कायम भएका १६१ वटा मतदानस्थल र ४०८ वटा मतदान केन्द्रलाई नै यथावत राखिने अधिकारीले जनाए । तर ती मध्ये केही मतदान स्थलको नाम मात्रै परिवर्तन हुन सक्ने र मतदान केन्द्र बढ्न सक्ने उनले जनाए ।

पहिला भएको चुनावमा १ लाख ८४ हजार ६९ महिला, १ लाख ६९ हजार ९६५ पुरुष र १ जना तेस्रो लिँगी गरी चितवनमा ३ लाख ५४ हजार ३५ जना मतदाताहरु रहेका छन् । यी वाहेक करिव २० हजार जनाले निर्वाचन कार्यालयमा नाम दर्ता गराएका छन् । तर नाम दर्ता गराएका सवैले मतदानमा भाग लिन नपाउने अधिकारी बताउँछन् । उनले भने,“१६ वर्षमा नागरिकता लिन्छन् र नाम दर्ता गराउन आउँछन् । तर १८ वर्ष पुगेकालाई मात्रै हामीले मतदानमा सामेल गराउँछौँ ।”

यही पौष ६ गतेबाट मतदाता नामावली सार्न र नयाँ थप्न बन्द गरिएको छ । अघिल्लो चुनावमा भएका मतदाता बाट नयाँ कति थपिए भन्ने भन्नेवारे एकीन हुन अझै केही दिन लाग्ने उनले बताए ।

  • प्रकाशित मिति : माघ ८, २०७७, बिहीवार ०७:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८