आज तपाईको भाग्य यस्तो रहला !

  • माघ ०८, २०७७

युवा ज्योतिष पं. सागर गुरागाँई 

वि.सं.२०७७ साल माघ ०८ गते बिहीबार । इस्वी सम्बत २०२१ जनवरी २१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर, शिशिर ऋतु, श्रीशाके १९४२ । पौष शुक्लपक्ष, तिथि–अष्टमी, २१ घडी ५४ पला, दिउँसो ०३ बजेर ४३ मिनेट उप्रान्त नवमी । नक्षत्र–अश्विनी, २२ घडी २८ पला, दिउँसो ०३ बजेर ५६ मिनेट उप्रान्त भरुणी । योग–साध्य, ३५ घडी १२ पला, बेलुकी ०९ बजेर ०२ मिनेट उप्रान्त शुभ । करण–बव, दिउँसो ०३ बजेर ४३ मिनेट उप्रान्त बालव, रातको ०४ बजेर ४८ मिनेट उप्रान्त कौलव, आनन्दादिमा–मानस योग ।

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) समयमा कामहरु सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । लगानी गर्ने वातावरण बन्ने छ । व्यापार व्यावसायमा प्रशस्त नाफा होला । तपार्ईंको अवस्था देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने योग छ । तपाईका कामहरु थाँती रहलान । नयाँकाम नथाल्दा बेस होला । माया प्रेममा अरूकै नकारात्मक टीका टिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पति पत्नीबीच अविश्वास हुने देखिन्छ । लामो दुरिको विदेश यात्राको तय हुनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) लाभ भावमा रहने चन्द्रमाले खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामहरुबाट लाभ लिन सकिन्छ । पढाइ लेखाइमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुने योग छ । माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडी बढ्ने समय रहेकोछ । विभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त होलान । आफूसँग भएको सीप प्रयोग गरी आम्दानी बढाउन सकिने समय आएको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डी, डु, डे, डो) नयाँ काम गर्ने योग छ । रोजगारीका अवसर सिर्जना गरी मनग्य धन सम्पत्ति कमाउन सकिनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउनेछन् । व्यापार व्यावसायमा लगानी बढाई धन कमाउन सकिने समय आएको छ । प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) महत्त्वपूर्ण कामको जिम्मेवारी प्राप्त होला । राज्य तथा राजनीतिमा सम्मानजनक उपस्थिति रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । यात्रासँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) व्यापार व्यावसायमा नाफा कमाउन बढी नै सङ्घर्ष गर्नुपर्ला । गोप्य कुराहरु बाहिर आउन सक्ने हुनाले सजक रहनुहोला । स्वास्थ्यमा समस्या आउँने देखिन्छ । पारिवारिक मनमुटाव बढ्ने योग रहेको छ । सवारी साधन प्रयोगमा ध्यान दिनुहोला । बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) व्यावसाय फस्टाएर जाने हुनाले मनग्य नाफा कमाउने योगछ । लामो दूरीको यात्राको सम्भावना रहेको छ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) कुनैपनि निर्णयहरु तपार्ईंकै पक्षमा फैसला हुने देखिन्छ । पढाइलेखाइमा नसोचेको सफलता हात लाग्ला । व्यापारमा वृद्धि हुनेछ भने नयाँ कामको थालनीगर्दा राम्रो होला । आफन्त तथा ईष्टमित्रबाट भनेजस्तो सहयोग मिल्ला । पुराना समस्याहरु सल्टाउन सकिने तथा नयाँ कामको थालनी हुनेछ । प्रेममा सामीप्यता बढेर जाने तथा उपाहार प्राप्तिको गतिलो योग रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) आकस्मिक धन तथा सम्पत्ति लाभ हुनेयोग रहेको छ । पढाइलेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्य लाभ हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामीप्यता बढेर जानेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) प्रयत्न गर्दा महत्त्वपूर्ण कामहरु सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने व्यापार व्यावसाय सुरु गर्न सकिनेछ । आम्दानी बढ्ने हुँदा लगानी गर्ने अवसर जुर्नेछ । आफन्त तथा जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्य आम्दानी बढाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) साहसिलो काम गर्ने जोसजाँगर बढ्नेछ । पढाइ लेखाइमा परिणाममुखी उपलब्धि हासिल गर्न सकिनेछ भने छोटो दूरीको शैक्षिक यात्रापनि हुने समभावना देखिन्छ । दाजुभाइ तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने योग रहेकोछ । आर्थिक आय आर्जन हुने देखिन्छ । प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नी बीच मायाको गाँठो कसिलो भएर जाला ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) व्यापार व्यावसायमा बढोत्तरीको योग रहेको छ । आम्दानीका स्रोतहरु प्रसस्तै हुनेछन् । अध्ययन अध्यापनमा मन जानेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने देखिन्छ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ भने थोरै बोलेर प्रशस्त धन आर्जनहुनेछ ।

आजको दिन शुभ रहोस । आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला ।

  • प्रकाशित मिति:माघ ०८, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८