• कात्तिक ६, २०८३, शुक्रवार Friday, 23 October, 2026

भारतले दियो १० लाख डोज खोप, भोलि नेपाल आइपुग्ने

  • खबरदाता

भारतले दियो १० लाख डोज खोप, भोलि नेपाल आइपुग्ने

माघ ६,२०७७

भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको उपलब्ध गराएको अनुदानको खोप भोलि नेपाल आइपुग्ने भएको छ ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको बताएका हुन् । साथै पहिलो चरणको खोप भोलि आइपुग्ने बताइएको छ ।

अनुदानको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।
एक जनालाई दुई डोज खोप आवश्यक भएको हुनाले ५ लाख जनालाई सो खोप पर्याप्त हुने छ ।

  • प्रकाशित मिति : माघ ७, २०७७, बुधवार १०:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८