• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

प्रदेश १ को प्रदेश सभा ३ मिनेटमै सकियो,अर्को बैठक अनिश्चित

  • खबरदाता

प्रदेश १ को प्रदेश सभा ३ मिनेटमै सकियो,अर्को बैठक अनिश्चित

माघ ६,२०७७
विराटनगर । आजबाट शुरु भएको प्रदेश १ को हिउँदे अधिवेशनको करिब ३ मिनेट बसेर सकिएको छ ।

बैठक पहिलो बैठकमा कविरव ३ मिनेटमात्रै बसेर सकिएको हो । बैठक सुरु भएलगत्तै सभामुख प्रदीप कुमार भण्डारीले प्रदेश प्रमुखको पत्र बाचन गरेर बैठक स्थगित भएको जानकारी गराएका छन् । सभामुखले अबको बैठक कहिले बस्ने भन्ने मिति समेत घोषणा गरेनन।

नेकपा भित्रको बेग्लाबेग्लै समुहले एक अर्कालाई निषेध गर्ने रणनीति भएपछी बैठक चल्न सकेन।

सामान्यतया अधिवेशन सुरु भएको दिन दलका नेताहरुलाई सम्बोधन गर्न दिने चलन छ । अर्को बैठक कहिले बस्ने भन्ने सूचना समेत जारी गरिएको छैन । प्रदेश सभामुख भण्डारीका अनुसार दलहरुसँगको परामर्शका आधारमा अर्को बैठकको मिति तोकिने छ ।

नेकपा भित्रको कलहका कारण बैठक छोटो समय बसेर स्थगित गरिएको हो । नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको थियो ।

  • प्रकाशित मिति : माघ ७, २०७७, बुधवार १०:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८