• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

अमेरिकामा हिंसाबाट मानवताको युग सुरु हुँदै

  • खवरदाता

अमेरिकामा हिंसाबाट मानवताको युग सुरु हुँदै

माघ ७, २०७७

लोकतन्त्रको प्रतीक मानिएको अमेरिकाको इतिहासमा एउटा कालखण्डको अन्त्य हुने दिन । चार वर्ष अघि यसै दिन डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेका थिए । चार वर्ष पछि पदत्याग गर्दा विवादित भएर उनी निस्कँदै छन् । अन्तिममा युरोप र ब्राजिलबाट आउनेहरू माथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्दै पद छाड्ने मनसाय बनाए पनि उनी यसमा सफल भएनन् । जो वाइडेनले यो गलत हुने धारणा राखे पछि ट्रम्पले यो निर्णय लागु भएन ।

मध्य दिन ह्वाइ हाउसमा वाइडेनले औपचारिक प्रवेश गर्ने छन् । गत मार्चमा युरोपबाट तथा मेमा ब्राजिलबाट अमेरिका प्रवेशमा रोक लगाइएको थियो । सोमबार ट्रम्पले २६ जनवरी देखि सबै खुला गर्ने निर्णय गरे । वाइडेनका प्रवक्ताले भने तत्काल प्रतिक्रिया दिँदै यो सम्भव नहुने जनाइसकेका छन् ।

त्यसो त ट्रम्पले आफ्नो कार्यकाल सफल भएको दावी गर्दै आफू जे गर्न आएको त्यो गरेको प्रतिक्रिया दिएका छन् । ट्रम्प नै अमेरिकी इतिहासमा त्यस्ता राष्ट्रपति हुन् जसमाथि दुई पटक महाभियोग लागेको थियो युक्रेन माथि भएको हमलाको समयमा सिङ्गो रिपब्लिक पार्टीको साथ भएका कारण उनी बचे । दोस्रो पटक आफ्नै पार्टीका सांसद पनि उनको विरुद्धमा रहे ।

उनले मङ्गलवार नै आफ्नो भावी कार्यक्रम तय गरिसकेका छन् । मुस्लिम देशबाट भ्रमण प्रतिबन्ध लगाइए पनि यसलाई वाइडेन कार्यकालमा फुकुवा गरिने जनाइएको छ । अमेरिका मेक्सिकोको सिमानामा रहेका थुप्रै परिवारको पुनर्मिलन पनि वाइडेन कार्यकालमा हुने छ । यसैबिच क्यानाडासंग विवाद बढाएको कि स्टोन एक्सएल पाइप लाइनको नीति पनि लागु हुने छैन । त्यसो त कोभिड १९ लाई परास्त गर्न सबै अमेरिकालाई एकजुट बनाउने प्रण गरेका वाइडेनले मास्कलाई अनिवार्य गर्ने छन् ।

उनले शपथ लिएर भवनमा प्रवेश गर्ने छन् । ६ जनवरीमा भएको दुखद घटनाका कारण सुरक्षालाई कडा बनाइने छ । पदभार ग्रहण कार्यक्रममा २५ हजार सुरक्षाकर्मी तैनाथ गरिने छन् । ट्रम्प समर्थक अन्य स्थानबाट अमेरिका आउने सम्भावना हेर्दै राजधानीमा निश्चित स्थानमा केही दिनका लागि नयाँ व्यक्तिलाई घर भाडामा दिन र होटेलमा मान्छे राख्न बन्द गरिएको छ । एयरपोर्टहरूमा थप सुरक्षा अपनाइएको छ ।

कुनै पनि समर्थकलाई कार्यक्रममा नआउनका लागि भनिएको छ । आवश्यक सबैले मास्क अनिवार्य लगाउनु पर्ने छ । साथै कोभिड परीक्षण गरेर नेगेटिभ रिपोर्ट भएको हुनु पर्ने छ । वाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस उपस्थित भएर पछि नयाँ कमान्डर इन चिफले सबै निगरानी गर्ने छन् ।

वाइडेनको कार्यकालमा थुप्रै चुनौती त हुने छन् । कोभिड नियन्त्रण, आर्थिक अस्तव्यस्त मात्र उनको चुनौती रहने छैन ।

रुस र चिन शक्तिको रूपमा उदाउँदै गर्दा अब अमेरिकी नीति कस्तो रहने भन्ने धेरैको चासो रहने छ । इरान,उत्तर कोरिया,टर्की र युरोपका कैयौँ देशसँगको सम्बन्ध कस्तो रहने भन्ने चासो पनि धेरैको रहेको छ ।

  • प्रकाशित मिति : माघ ७, २०७७, बुधवार ०२:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८