• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

बस र ट्रक जुद्दा राप्तीमा १ को मृत्यु

  • खबरदाता

बस र ट्रक जुद्दा राप्तीमा १ को मृत्यु

माघ ७, २०७७
चितवन । चितवनको राप्ती नगरपालिका ५ पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत स्यार्से कालिका पेट्रोल पम्प नजिक सवारी दुघर्टना हुँदा एक जनाको मृत्यु भएको छ ।

बस चालक खोटाङ घर भएका ४५ वर्षीय चन्द्र बहादुर श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउदा ल्याउदै बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिए ।

गए राति काठमाण्डौबाट कांकडभिट्टा तर्फ गइरहेको ना ७ ख २१११ नम्बरको बस र बिपरित दिशाबाट आई रहेको ना। ६ ख ४२८१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएको थियो ।

बसका सह–चालक रौतहट चपुर ४ बस्ने बर्ष ४९ का बिनोद शर्मा संग्रौला, ट्रकको सह–चालक बारा जितपुर सिमरा उपमहानगरपालिका १९ बस्ने बर्ष २३ का सुनिल कुमार साह घाइते भई पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बसका चालक सहित करिव १६ जना सवारमध्ये अन्य सवैको अवस्था सशुसल रहेको र ट्रक चालक बारा जितपुर १९ बस्ने बर्ष ३८ का लालु प्रसाद यादव, ईप्रका भण्डाराको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।

  • प्रकाशित मिति : माघ ७, २०७७, बुधवार ०१:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८