• कात्तिक ६, २०८३, शुक्रवार Friday, 23 October, 2026

कोरोना संक्रमणबाट गैंडाकोटका पुरुषको मृत्यु

  • खबरदाता

कोरोना संक्रमणबाट गैंडाकोटका पुरुषको मृत्यु

माघ -६ ,२०७७

चितवन ।कोरोना संक्रमणबाट गैँडाकोट नगरपालिका – १३ का एक जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालका अनुसार गैंडाकोट १३ बस्ने ५५ वर्षीय पुरुषको मंगलबार साँझ ६ बजेर ५ मिनेट जाँदा मृत्यु भएको हो ।

पौष २३ गते भरतपुर अस्पतालमा भर्ना भएका उनलाई पौष २६ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि सोमबार कोभिड आइसीयूमा राखी उपचार गरिएको थियो ।

उपचारका सबै उपायहरु गर्दा गर्दै आज९ मंगलबार० कोभिड १९ बाट सृजना हुने निमोनियाका कारण निधन भएको अस्पतालले जनाएको छ ।

  • प्रकाशित मिति : माघ ६, २०७७, मंगलवार १४:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८