• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नेकपा र काङ्ग्रेस बिच झडप भएपछी रुकुम पश्चिममा निषेधाज्ञा

  • खबरदाता

नेकपा र काङ्ग्रेस बिच झडप भएपछी रुकुम पश्चिममा निषेधाज्ञा

माघ ६,२०७७

नेकपा र काँग्रेसका कार्यकर्ता बिच झडप भएपछी जिल्ला प्रशासन कार्यालय मुसिकोट रुकुम पश्चिमले निषेधाज्ञा जारी गरेको छ ।

जिल्लाको पुर्बमा घारी खोला,पश्चिममा ठुलि भेरी ,उत्तरमा दाजे र दक्षिणमा सिमा बजार क्षेत्र सम्म लागू हुने गरि मंगलबार साझ ५ बजे देखि लागू हुने गरि निषेधाज्ञा जारी गरेको हो।

रुकुम पश्चिममा नेपाल कम्युनिस्ट पार्टी नेकपा (दाहाल–नेपाल समूह) र नेपाली काँग्रेसका कार्यकर्ताबिच झडप झडप भएको हो । जिल्लाको आठबीसकोट नगरपालिका -९ स्थित राडी बजारमा सोमबार बेलुकीदेखि दुई दलका कार्यकर्ताबिच झडप भइरहेको थियो ।

पटक पटक झडप भएपछि प्रहरीले २ राउन्ड एसएलआर र ७ राउन्ड थ्री नट थ्री राइफलबाट गरी ९ राउन्ड हवाई फायर गरेको छ भने १ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिनका लागि ठुलो संख्यामा सुरक्षाकर्मीको टोली आठबीसकोटमा परिचालन गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले अहिले स्थिति प्रहरीको नियन्त्रणमा रहेको जनाएका छन।

आफ्ना कार्यकर्ता लाई काँग्रेसले आफ्नो पार्टीमा प्रवेश गराएको विषयलाई लिएर योजनाबद्ध तरिकाले हातहतियार सहित झडपमा उत्रिएको काँग्रेस जिल्ला उपसभापति धिरेन्द्र बटालाले जानकारी दिए। बटालाका अनुसार छलफलका लागी इलाका प्रहरी कार्यालयमा उपस्थित भएका वडा अध्यक्ष सहित ४ जनालाई खुकुरी प्रहार गरिएको हो।

त्यस्तै प्रहरीले दुई वडा अध्यक्ष सहित अर्का एक जनालाई नियन्त्रणमा लिएको छ। अहिले सो क्षेत्रमा थप सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ।

  • प्रकाशित मिति : माघ ६, २०७७, मंगलवार १४:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८