• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

कलेज बस दुर्घटना हुँदा पाँच घाइते

  • खबरदाता

कलेज बस दुर्घटना हुँदा पाँच घाइते

माघ ६,२०७७

विराटनगर – बिराटनगरमा कलेज बस दुर्घटना हुँदा पाँच विद्यार्थी घाइते भएका छन।

विराटनगरस्थित मेरील्याण्ड कलेजको बस दुर्घटना भएको हो। बा।२ ख ४५८ नम्बरको बस सुनवर्षी नगरपालिकाबाट विद्यार्थी लिएर आउने क्रममा मंगलबार बिहान दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

रंगेलीस्थित इलाका प्रहरी कार्यालयका अनुसार विद्यार्थी लिएर विराटनगर जाने क्रममा सुनवर्षी नगरपालिकाको भेडुवाथानमा सो बस दुर्घटना भएको हो।

दुर्घटनामा घाइते हुनेहरु रतुवामाई नगरपालिकाकी निशा ताजपुरिया, रेजिना घिमिरे, श्रद्धा भट्टराई, मनिषा राजवंशी, विशाल कुमार मण्डल घाइते भएको रंगेली प्रहरीले जनाको छ । घाइते विद्यार्थीलाई उपचारका लागि विराटनगर लगिएको उनले बताए।

उनले डाइनियाबाट विद्यार्थी लिएर आइरहेको अवस्थामा बाक्लो हुस्सुसँगै सडकमा मोटरसाइकललाई जोगाउने क्रममा बस दुर्घटनामा परेको हुनसक्ने बताए।

प्रहरीले बससहित चालक ३१ वर्षीय धर्मेन्द्र वर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

  • प्रकाशित मिति : माघ ६, २०७७, मंगलवार ०६:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८