ओलीको साथले पूरा भयो बिकको गाउने सपना

  • खवरदाता
  • माघ ०६, २०७७

माघ ६, २०७७

मोरङको ग्रामथानमा जन्मिएका धिरेन्द्र बिक अहिले संसार देख्दैनन तर उनी जन्मजात अन्धा भने हैनन ।

आफ्नो नामको अन्तिममा संगीत लेख्न मनपराउने बिक ३ बर्षको उमेर हुँदा जन्डिसले थलिए । गरिब परिवारका उनले समयमा उपचार नपाएपछी जन्डिस विग्रियो । सोहि कारणले उनको आँखाको ज्योति बिस्तारै हराउँदै गयो र उनी पुरै आँखा नदेख्ने हुन पुगे ।

बिक सानैदेखि एक्लै गुनगुनाउने गर्थे । गित सुन्थे र त्यसैको सिको गर्थे । बेला बेला त बिक घरको ढोका मात्र हैन भात खाने थाल बजाएर समेत गित गाउँर्थे । बिकले देशब्यापी अपाङ्गहरुको गायन प्रतिस्पर्धामा डिजेबल स्टारमा दोस्रो स्थान पाउन सफल भए ।

एमआरडिएफ संस्थाले आयोजना गरेको सो कार्यक्रमका जज वरिष्ठ सङीतकार अम्बर गुरुङ, मिरा राणा र कृष्णभक्त राईले पहिलो दोस्रो र तेस्रो लाई एक एक वटा गीत रेकर्डिङ गर्न दिने भनेपनि पटक पटक धाउदा समेत उनले गीत रेकर्डिङको अबसर नपाएको प्रती भने निकै दुखित रहेको बताए ।

प्राय एफएममा गितहरु सुनिरहने बिकले झापा दमकमा रहेको पाथीभरा एफएम ९३.६ मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम ‘खुल्ला मञ्च’ को बारेमा थाह पाए र त्यहाँ गएर गित गाउने निधो समेत गरे ।

त्यहाँ उनको भेट भयो कार्यक्रम संचालक तथा सङीतकार दीपक ओलिसंग । नयाँ प्रतिभालाई सधैं मौका दिनु पर्छ भन्ने ओलिले उनलाई राम्रो साथ दिए । सो खुल्ला मञ्च कार्यक्रममा बिक सेलेक्सन राउन्डमा मात्र हैन फाइनलमा समेत विजेता हुन पुगे । ओलीले संचालन गर्ने सोही कार्यक्रमदेखि बिकको ओलिसग निकै सामिप्यता बढ्दै गयो ।
फाट्फुट् केहि भजनहरु गाएका बिकलाई अहिले ओलिले साथ दिएका छन । उनले अहिले आफ्नो खर्चमा बिकको स्वरमा एउटा गित रेकर्ड गराउँदैछन ।

राम्रो गायकी सम्भावना बोकेको प्रतिभालाई स्रोता माझ प्रस्तुत गराउन लागीपरेका छन सन्चारकर्मी तथा संगीतकार ओली । एउटा गीतमा लाग्ने सम्पूर्ण खर्च आफै व्योहोरेर प्रतिभाको सम्मान गरेको उनि बताउँछन ।

अहिले झापाको दमकमा रहेको काव्य रेकर्डस र काठमाडौमा रेकर्डिङ गरिने सो गीतको एरेन्जको काम पनि सकिसकेको ओलिले बताए । साथै उनले लाईभ बाजाको लागि ट्रयाक समेत काठमाडौ पठाइसकेका छन ।
बिकले झापामा रेकर्ड गर्ने छनभने उनलाई साथ दिनेछिन नब गायक सम्झना ओलीले । सम्झनाले भने काठमाडौमै गीत रेकर्ड गराउँने छिन ।
सम्झना ‘तिमी बिजि टिकटकमा’ कि गायिका समेत हुन ।

‘यो मुटुमा खेलिरहन्चौ तिमी धडकन बनेर’ बोलको उक्त गितमा कैलास कार्की र टिङ्कु भट्टराईको शब्द रहेको छ भने गितको एरेन्जर अशोक थापाले गरेका हुन ।
अब केही दिनमानै बिकको सपना साकार हुने कुरामा ओली ढुक्क छन ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८