• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

पटिहानीमा ९१ लाखमा प्रदर्शनी कक्ष निर्माण हुने


पटिहानीमा ९१ लाखमा प्रदर्शनी कक्ष निर्माण हुने

माघ ५– २०७७
चितवन ।
चितवनको भरतपुर महानगरपालिका–२२ कमलपोखरी पटिहानीमा ९१ लाख रुपैयाको लागतमा प्रदर्शनी कक्ष निर्माण गरिने भएको छ ।

सो प्रदर्शनी कक्ष वडाकार्यालय परिसरमा निर्माण गरिने भएको वडाअध्यक्ष विष्णुराज महतोले बताए ।

कुल १ करोड ४६ लाख लागत स्टिमेट भएपनि टेण्डर आह्वान हुँदा ३७ दशमलव १० प्रतिशत कममा अर्थात् ९१ लाख ८३ हजार ४०० रुपैयाँमा निर्माण गर्नेगरी सम्झौता भएको हो । सो प्रदर्शनी कक्षको माघ ६ गते सुरु भई २०७८ सालको असारको २० गते निर्माण सम्पन्न गरी कम्पनीले हस्तान्तरण गरिसक्नुपर्ने छ ।

करिव २ कठ्ठा जमिन ओगटेर निर्माण गरीने उक्त भवनको क्षेत्रफल भने ३२ सय स्क्वायर फूटको रहनेछ । जसभित्र प्रदर्शनी हल, कार्यालय, शौचालय लगायतको निर्माण गरिनेछ ।

बजेट कम भएका कारण ३ तल्ला पक्की भवनसम्मको फाउण्डेशन तयार गरी हाललाई ट्रस मात्रै राखिने इन्जिनियर ननुवा महतोले जनाए । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशको बजेटमा निर्माण हुने उक्त भवनमा थारु समुदायको संस्कृति झल्कने गरी निर्माण गरिनेछ ।

साथै उक्त वडामा रहेका अन्य विभिन्न जातजातीहरुको सस्कृति झल्कने साथै थारु जातीहरुको पहिचान साथै मल्लाकालीन र थारुहरुको संस्कृति झल्कने गरी निर्माण गरिने उनले बताए ।

सन्जय निर्माण सेवा मकवापनुर हेटौँडाले बनाउने उक्त भवनको आज महानगरप्रमुख रेणु दाहालले शिलान्यास गरेकी हुन् ।

  • प्रकाशित मिति : माघ ५, २०७७, सोमवार ११:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८