माघ–५ ,२०७७
भरतपुर । सरकारी तथ्यांक अनुसार आज ३७४ जना संक्रमीत निको भएका छन् ।
हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६१ हजार ८१८ रहेको छ । यो ९७.८ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आज ४३०६ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
आज चितवनमा १० जना, काठमाडौं उपत्यकामा १६३ जना संक्रमित थपिए । देशमा थप ६ जनाले ज्यान गुमाउँदा कुल संख्या १९६५ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ३ हजार ८६१ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या २२१ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा १६१ र भेन्टिलेटरमा ३४ जनाको उपचार भइरहेको छ ।
हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, भोजपुर,नवलपरासी पश्चिम,कालीकोट,रुकुम पश्चिम र मुगुमा संक्रमितको संख्या शून्य रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८