नवलपुरमा प्रहरी हिरासतमै पुस्तकालय

  • खबरदाता
  • माघ ०५, २०७७

माघ ५–२०७७
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरको हिरासतमा पुस्तकालयको स्थापना गरिएको छ ।

गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) घनश्याम अर्यालले हिरासतमा रहेका केही थुनुवालाई पुस्तक हस्तान्तरण गरि ‘हिरासतमा किताब कार्यक्रम’ को उद्घाट गरेका थिए ।
हिरासतमा आउने व्यक्तिहरुलाइ ज्ञान,उपदेशका साथै सकारात्मक सोचको विकास गर्ने उद्देश्यले यो कार्यक्रमको थालनी गरेको डिआइजी अर्यालले बताए । उनले भने,“हिरासतमा रहने व्यक्तिहरु विभिन्न आरोपमा आएका हुन्छन् । उनीहरुमा सकारात्मक सोचको विकास गर्नु आवश्यक हुन्छ भने समय काट्दा समेत ज्ञान हासिल हुन सहयोग गर्नेछ ।”

उनले थपे, “हिजो के गरेँ भनेर सम्झदै झन् अत्याश लाग्दो समय उत्पन्न हुन्छ । त्यसले सोचाई विग्रन्छ । त्यहाँबाट निस्कदा झन् नराम्रो व्यवहार लिएर निस्कने हुनसक्छ । त्यसैले आफ्नो गल्ती पनि महसुस गरी ज्ञान बढाउनुहोस् । ”

पवित्र उद्देश्य राखेर यो कार्यक्रम सुरु गरेको र विस्तारै बढाउँदै लैजान उनले बताए । गण्डकी प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रमुख बिच भएको कार्य सम्पादन सम्झौता अनुरुप नवप्रवर्तनात्मक कार्यक्रम अन्तर्गत प्रहरी हिरासतमै पुस्तकालय स्थापना गरिएको हो ।

यस अघि जिल्ला प्रहरी कार्यलय नवलपुरले विद्यार्थी संग प्रहरी कार्यक्रम आयोजना गरेको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी उपरिक्षक प्रकाश मल्लले जानकारी दिए ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८