माघ–४,२०७७
ठोरी । ठोरीमा एक कृषकको फर्ममा भएका सबै ११ बंगुर मरेका छन ।
ठोरी गाउँ पालिका–३ रामनगरमा सोम बहादुर थिङ्गले सञ्चालन गरेको बंगुर फर्ममा रहेका सबै बंगुरहरु एकैपटक मरेका छन् । फर्ममा रहेको २ ओटा माउ बंगुर सहित ११ ओटा बंगुर एकैपटक मरेपछि जानाजान कसैले उक्त घट्ना घटाएको हुन सक्ने थिङ्ले आशङ्का गरेका छन् ।
लामो समय काठमाडौ बस्दै आएका थिङ्ग गाउँमै केहिगर्छु भनेर बंगुर पालन व्यवसायमा लागेका थिए । गत कात्तिक महिनाबाट करीब ५ लाखको लगानीमा उनले सो व्यवसाय शुरु गरेका थिए । बंगुर मरेपछि उनको लगानी चुलुम्मै डुबेको छ । अहिले उनलाई बैंक तिर्ने पिरलो भएको उनि बताउँछन् । उनले मेलम्चीबाट प्रतिगोटा रु ११ हजारका दरले बंगुरहरु किनेर ल्याएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८