नेता आचार्य भन्छन् : काग्रेस अहिले जनताको अदालतमा

  • खबरदाता
  • माघ ०३, २०७७

माघ ३, २०७७
चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व वनमन्त्री महेश आचार्यले कांग्रेस अहिले जनताको अदालमा उभिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सँसद विघटन गरेपछि सरकारको विरोधमा उत्रिएको काग्रेसले गरेको आन्दोलनलाई चितवनको राप्तिमा सम्बोधन गर्दै नेता आचार्यले सो कुरा बताएका हुन् ।

झण्डै दुई तिहाईको मत पाएको सरकारका प्रधानमन्त्रीले गरेको यो निर्णयले देश गम्भीर मोडमा पुगेको उनले बताए । अहिलेको परिस्थिति आउनुमा ओलीलाई मात्रै दोष दिन नमिल्ने तर्क गर्दै उनले भने,“सिङ्गो नेकपा यसको भागिदार छ । यसमा प्रचण्ड,माधव, झलनाथलाई बचाउ गर्नुपर्ने कुनै कारण छैन । किनकी घरमा अंशबण्डा नमिलेपछिको उपज उनीहरु अहिले सडकमा बजारिदै काङ्गेससँग मिल्न आएका छन् ।”

अर्काको घर झगडामा काङ्गेस प्रवेश नगर्ने बताउदै उनले भने,“सडक सघर्षमा त्यहि भएर एक्लै आएको हो । अवको फैसला जनताको अदालतले गर्नेछ । किनकी हामी जनतासमक्ष आइसकेका छौँ ।”


बहुमतको दम्भका कारण ओलीले पदभार ग्रहण गरेकै दिनदेखि केही अनौठो कुरा गर्लान भन्ने काङ्गेसलाई सुरु देखिनै लागेको उनले बताए । ओलीले संविधान बाहिर रहेर कदम चालेको सुरु देखिनै काग्रेसले आवाज उठाईरहदा अन्य पार्टी र नेकपाकै प्रचण्ड माधव लगायतले वेवास्ता गर्दा आजको यो अवस्था भोग्नु परेको उनले बताए ।

सभामुख उप–सभामुख चयन देखि मानव अधिकारको कानून शंसोधन र हरेक सरकारी नियकामा गरीने नियुक्ति, कयौ निर्णय संविधान विपरीत भयो भनेर काङ्ग्रेसले पटक पटक आवाज उठाउदा पनि सुनुवाई नभएपछि अहिले काग्रेस जनतामा आएको बताए ।

कानूनी हिसावमा अहिले अदालतको फैसलालाई पनि पर्खिएको तर जनफैसलानै समस्याको अन्तिम समाधान भएको उनको जिकिर थियो ।

राप्तीको भण्डारामा आयोजित विरोध सभामा नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८